बैंकहरूको इम्पेरिमेन्ट चार्ज बढ्दा वितरणयोग्य नाफाको ग्राफ ओर्लियो, कुन बैंकको कति ?

काठमाडौं । चालु आर्थिक वर्षमा वाणिज्य बैंकहरूको रिक्स व्यवस्थापनको लागि छुट्याउने रकम इम्पेरिमेन्ट चार्ज बढ्दा यसको असर बैंकहरूले सेयरधनीलाई वितरण गर्ने वितरणयोग्य नाफामा परेको छ । गत आवमा वाणिज्य बैंकहरूको इम्पेरिमेन्ट चार्ज ९४.२६ प्रतिशतले वृद्धि भएर २५ अर्ब ९३ करोड रुपैयाँ पुग्दा यसको असर वितरण योग्य नाफामा देखिएको हो ।

बैंकहरूले रिक्स व्यवस्थापनको लागि धेरै रकम छुट्याउनु पर्दा उनीहरूको वितरण योग्य नाफा २७.४८ प्रतिशतले घटेर ३४ खर्क ३४ खर्बमा सीमित भएको छ । जवकि गत आवमा यस्तो नाफा ४७ अर्ब ३५ करोड रुपैयाँ थियो ।

गत आर्थिक वर्षमा बैंकहरूले ७० अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् । बैंकहरूको कमाएको यो नाफा आयकर तिरेपछि हो । बैंकहरूले कमाएको नाफाभन्दा आधामात्रै सेयरधनी लगानी कर्ताले पाउने देखिएको छ ।
गत आवमा ९ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा घटेको छ । अघिल्लो आवको तुलनामा सबैभन्दा बढी वितरणयोग्य मुनाफा घट्ने बैंकमा प्रभु बैंकको घटेको छ भने बढी मुनाफा घट्ने बैंकको दोस्रो नम्बरमा ८८.२२ प्रतिशतले घटेको छ । यी दुई बैंकले आफ्नो मुनाफालाई सो प्रतिशतले घटाएर क्रमशः १६ करोड १६ लाख र २० करोड ४८ लाखमामा सीमित गरेका छन् ।

वितरणयोग्य नाफा घटाउने बैंकको तेस्रो सूचीमा नेपाल बैंक परेको छ । बैंकको वितरणयोग्य नाफा ७१.५६ प्रतिशतले घटेर ९७ करोड ३३ लाख रुपैयाँमा सीमित भएको छ । सिद्धार्थ बैंकको यस्तो नाफा पनि ४१.४८ प्रतिशतले घटेको छ । बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीलाई ७९ करोड ५७ लाख रुपैयाँमात्रै लाभांश बाड्न सक्ने देखिएको छ ।

त्यसरी नै कुमारी बैंक र हिमालयन बैंकले पनि रिक्स व्यवस्थापनमा बढी रकम छुट्याउनु पर्ने भएकोले बैंकले विवरणयोग्य नाफा नै छुट्याउन सकेको देखिदैन । यी दुई बैंकको विवरणयोग्य नाफा नै घाटामा देखिएको छ । गत आवमा कुमारी बैंकले ५ अबै ७३ करोड र हिमालयन बैंकले २ अर्ब १५ करोड रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ ।

त्यसैगरी गत आवमा कृषि विकास बैंकको वितरणयोग्य नाफा ४३ प्रतिशतले घटेको छ भने ग्लोबल आईएमई बैंकको ३९.२५ प्रतिशत र सिटिजन्स बैंकको यस्तो नाफा २१.९८ प्रतिशतले घटेको छ ।

वितरणयोग्य नाफा बढाएका बैंकहरूमध्य सबैभन्दा बढी वितरणयोग्य नाफा एभरेष्ट बैंकको रहेको छ भने पछि नबिल बैंकको रहेको छ । एभरेष्ट बैंकको वितरणयोग्य नाफा ४ अर्ब ३३ करोड हुँदा नबिल बैंकको ३ अर्ब ९६ करोड रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । त्यसैगरी एनआईसी एशियाको विवतरणयोग्य नाफा ३ अर्ब ६९ करोड रुपैयाँ रहेको छ ।

२ अर्बभन्दा बढी वितरणयोग्य नाफा गर्ने बैंकमा स्ट्याण्डएड चाटर्ड, सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, ग्लोबल आईएमई बैक र कृषि विकास बैंक रहेका छन् । बाँकी ६ वटा बैंकको यस्तो नाफा अर्बभन्दा माथि छ भने अन्य बैंकको नाफा अर्बभन्दा कम रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स