एमडीआरटीमा भाग लिन गए सिंगापुर सानिमा रिलायन्स लाइफका ६ अभिकर्ता

काठमाडौं । सानिमा रिलायन्स लाइफ ईन्स्योरेन्सले आव २०७९/०८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर ‘एमडीआरटी’ हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विश्वव्यापी सम्मेलनमा भाग लिन नेपालबाट प्रस्थान गरेका छन् ।

सम्मेलनमा भाग लिन जानेमा अभिकर्ता नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन्। कम्पनीले एक कार्यक्रमको आयोजना गरेर सम्पूर्ण ‘एमडीआरटी’ हासिल गर्न सफल अभिकर्ताहरुलाई भव्यताका साथ बिदाइ समेत गरेको छ ।

एमडीआरटी भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो । जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् ।

बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ । सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सीओटीका लागि भने १ करोड १३ लाख ७६ हजार रुपैयाँ र टीओटीका लागि २ करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।

यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा रहेको हुँदा सम्पूर्ण सफल अभिकर्ताहरु प्रति कम्पनी आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स