हिमालयन बैंकको ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक

काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपीएस सँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ – HI-MB एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर भाद्र १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । – HI-MB को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेक्ट आइपीएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइपीएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैंकिङ मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको – HI-MB एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ताहरु रहेका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स