बैंकहरूले रिक्स व्यवस्थाका लागि गर्ने खर्च ९५ प्रतिशतले बढ्यो, इम्पेरिमेन्ट चार्जको लागि छुट्याए ३५ अर्ब ९३ करोड, कुन बैंकको कति ?

काठमाडौं । बैंकहरूमा खराब कर्जा बढ्दा रिक्स व्यवस्थापनको लागि छुट्याइने खर्च ह्वात्तै बढेको छ । गत आर्थिक वर्षमा देशमा सञ्चालित वाणिज्य बैंकहरूको यस्तो खर्च ९४.२६ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा १३ अर्ब ३४ करोड रुपैयाँ ८५ करोड छुट्याएको इम्पेरिमेन्ट चार्ज वापतको रकम गत आर्थिक वर्षमा बढे २५ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।
 यसको अर्थ बैंकहरू रिक्स म्यानेजमेन्टमा बढी खर्च गर्नु परेको हो । कोभिडपछि अर्थतन्त्रमा आएको मन्दीका कारण बैंकहरूले समयमै कर्जा असुल उपर गर्न सकेका छैनन् । सो कारण उक्त चार्ज बढेको हो । लोन नउठ्दा कुमारी र हिमालनय बैकको वित्तीय विवरण नै बिग्र्रिएको छ ।
बैंकहरूले रिकभरीमा आफ्नो भएभरको जनशक्ति लगाएपनि कर्जा असुल उपर गर्न गाह्रो भइरहेको छ । विशेष गरी बैंकहरूलाई साना ऋणीबाट भन्दा ठूला ऋणीबाट कर्जा असुल उपर गर्न गाह्रो भएको हो । यद्यपि गत आवमा ६ बैंकले इन्पेरिमेन्ट चार्ज घटाएका छन् भने बाँकी १५ बैंकले इम्पेरिमेन्ट चार्ज बढाएका छन् । गत आवमा ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, प्रभु बैंक र कृषि विकास बैंकले रिक्स व्यवस्थापन वापत राखिने इम्पेरिमेन्ट चार्ज घटाएका छन् भने अन्य बैंकले बढाएका छन् ।
कृषि विकास बैंकले ७.४२ प्रतिशतले इम्पेरिमेन्ट चार्ज घटाएर ९१ करोड ९१ लाख रुपैयाँमा सीमित गरेको छ भने ग्लोबल आईएमई बैंकले ३ अर्ब ५ करोड रुपैयाँले इम्पेरिमेन्ट चार्ज घटाएर बैंकले २ अर्ब ७१ करोड रुपैयाँमा आफ्नो जोखिम व्यवस्थापन गरेको छ ।
यस्तो छ बैंकले इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको रकम
कुषि विकास बैंकले गत आर्थिक वर्षमा ९१ करोड ९१ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलानामा ७.४२ प्रतिशतले कम भएको नेपाल बैंकर्सले सार्वजनकि गरको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ९९ करोड २७ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएको थियो ।
ग्लोबल आईएमई बैंकले गत आवमा २ अर्ब ७१ करोड इम्पेरिमेन्ट चार्ज छ्ट्याएको छ । यो अघिल्लो आवको तुलानामा ८९४.१६ प्रतिशतले कम हो । लक्ष्मी सनराइज बैंकले गत आवमा ९१ करोड ५६ लाख इम्पेरिमेन्ट चार्ज छुटाएको छ । यो अघिल्लो आवको तुलानामा १८२.१६ प्रतिशतले कम हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आवमा २ अर्ब ४४ करोड इम्पेरिमेन्ट चार्ज छुटाएको छ । यो अघिल्लो आवको तुलानामा २३६.२३ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १ अर्ब ७९ करोड इम्पेरिमेन्ट चार्ज छुटाएको थियो ।
एनआईसी एसिया बैंकले गत आवमा ३९ करोड ४१ लाख इम्पेरिमेन्ट चार्ज छुटाएको छ । यो अघिल्लो आवको तुलानामा ५४.४४ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ८६ करोड ५२ लाख इम्पेरिमेन्ट चार्ज छुटाएको थियो । एनएमबी बैंकले गत आवमा १ अर्ब १६ करोड इम्पेरिमेन्ट चार्ज छुटाएको छ । यो अघिल्लो आवको तुलानामा ३२३२.६० प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले ३ करोड ७२ लाख इम्पेरिमेन्ट चार्ज छुटाएको थियो ।
प्रभु बैंकले गत आवमा २ अर्ब ४३ करोड इम्पेरिमेन्ट चार्ज छुटाएको छ । यो अघिल्लो आवको तुलानामा २३५६८.२३ प्रतिशतले कम हो । अघिल्लो आवमा बैंकले १ करोड ३ लाख इम्पेरिमेन्ट चार्ज छुटाएको थियो ।
इम्पेरिमेन्ट चार्ज बढी छुट्याउने बैंकः
सिटिजन्स बैंकले गत वर्ष ७३ करोड ३ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज वापत छुट्याएको छ । बैंकले हाल छुट्याएको रकम अघिल्लो आवको भन्दा ३२ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ५५ करोड २४ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएको थियो । एभरेष्ट बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत ७३ करोड ५४ लाख छुट्याएको छ । यो अघिल्लो वर्षको तुलानामा १२५.९८ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ३२ करोड ५४ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएको थियो ।
हिमालयन बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत २ अर्ब १५ करोड छुटुयाएको छ । यो अघिल्लो आवको तुलानामा ३१.४९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ६३ करोड इम्पेरिमेन्ट चार्ज छ्ट्याएको थियो । कुमारी बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत ५ अर्ब ७३ करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा २६४.८९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब ५७ करोड इम्पेरिमेन्ट चार्ज छुट्याएको थियो ।
माछापुच्छ्रे बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत ८२ करोड ३२ हजार छुट्याएको थियो । यो अघिल्लो वर्षको तुलानामा ६३.६० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ५० करोड १२ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएको थियो । नबिल बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत ३ अर्ब ८८ करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा २४७.६४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले इम्पेरिमेन्ट चार्ज १ अर्ब ११ करोड छुट्याएको थियो ।
नेपाल बैंकले इम्पेरिमेन्ट चार्ज वापत १ अर्ब १७ करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा ३७.६५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ८५ करोड ३६ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएको थियो । नेपाल एसबीआई बैंकले इम्पेरिमेन्ट चार्ज वापत गत वर्ष १ अर्ब ९ लाख छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा ७५.०७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६२ करोड ६१ लाख इम्पेरिमेन्ट चार्ज छुट्याएको थियो ।
प्राइम कर्मिशयल बैंकले इम्पेरिमेन्ट चार्ज वापत गत वर्ष २ अर्ब ९१ करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा १३५.४९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब २३ करोड छुट्याएको थियो ।राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत १ अर्ब ८ करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा २०३.७५ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ३५ करोड ५७ लाख छुट्याएको थियो ।
सानिमा बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत १ अर्ब ५ करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा ९०.४९ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ५५ करोड ४३ लाख छुट्याएको थियो । सिद्वार्थ बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत १ अर्ब १२ करोड छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा ८५.६४ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ६० करोड ७४ लाख छुट्याएको थियो ।
स्ट्यान्डर्ड चाटर्ड बैंकले गत वर्ष इम्पेरिमेन्ट चार्ज वापत ५९ करोड ८३ लाख छुट्याएको छ । यो अघिल्लो आवको तुलानामा ३४५.५० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले १३ करोड ४३ लाख छ्ट्याएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स