चार कम्पनीको रेमिट लाइसेन्स खारेज, को को परे खारेजीमा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चार रेमिट प्रालिको लाइसेन्स खारेज गरेको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र रहेका चार कम्पनीको लाइसेन्स खारेज (रद्द) गरेको हो ।

राष्ट्र बैंकले टाईम्स रेमिट, ईसारा रेमिट, ओभरसिज रेमिट र पे सेफ रेमिटको लाईसेन्स खारेज गरेको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागमा आवेदन दिन पनि राष्ट्र बैंकले सूचना जारी गरेको छ । तोकिएको मितिभित्र लिखित जानकारी प्राप्त नभएमा उक्त कम्पनीको रेमिट्यान्स कारोबार गर्ने लाइसेन्स खारेज हुने भएकाले बैंक ग्यारेन्टी समेत फुकुवा हुने राष्ट्र बैंकले प्रस्टयाएको छ ।

राष्ट्र बैंकले खारेज हुने रेमिट्यान्स कम्पनीसँग कुनै व्यक्ति वा संस्थाले लेनदेन रकम तोकिएको अवधिचित्र दाबी गरेमा मान्य अवधिको बैंक जमानतले खामेसम्मको रकम मात्रै बैंकले हिसाबमिलना गरिदिने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स