हिमालयन बैंकका साढे १५ लाख संस्थापक सेयर बेचेर ३ संस्थापक बाहिरिदै

काठमाडौं । हिमालयन बैंकका तीन जना संस्थापक सेयरधनी साढे १५ लाख कित्ता सेयर बेचेर बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरिन लागेका हुन् ।

बैंकले संस्थापक प्रभा गोयन्का भीम सरियाको नाममा रहेको १४ लाख ५१ हजार १८४ कित्ता, जस्मिन तन्डुकारको ५२ हजार ९१० कित्ता र प्रदिप कुमार बिडारीको ३५ हजार ९८० कित्ता गरी कुल १५ लाख ४० हजार ७४ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्न पाउने व्यवस्था छ ।

संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको कर्पोरेट कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स