बैंकहरूको आरओई औसतमै १२ प्रतिशत, ७ बैंकको घट्यो, कुन बैकको कति ?

काठमाडौं । व्यवसायीहरुले लामो समयदेखि बैंकहरुले चर्को ब्याज लिए र अर्बौं नाफा कमाए भन्दै चौतर्फी रुपमा आलोचना गर्दै आएका छन् । बैंकहरु ऋणीमैत्री भएनन् अर्थात सेवामुखी नभइ नाफामुखीमात्रै भए भनेर कर्जा नै नलिने अघोषित निर्णय गरेपनि बैंकहरूको पुँजीमा आधारित प्रतिफल( रिर्टन अफ इक्विटी) ‘आरओई’ भने घटेको छ । देशमा सञ्चालित २० वटा वाणिज्य बैंकमध्य ७ वटा बैंकको पुँजीमा आधारित प्रतिफल घटेको छ भने १३ बैंकको रिर्टन अफ इक्विटी बढेको छ ।

गत आर्थिक वर्षमा बैंकहरूको औसतमा आरओई ०.०३ प्रतिशतले घटेर १२.०९ प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकहरूको १२.१२ प्रतिशत औसतमा आरओई थियो । गत आर्थिक वर्षमा हिमालय बैंक, कुमारी बैक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्शिइल बैंक, राष्ट्रिय वाणिज्य बैंकको आरओई घटेको हो ।

के हो आरओई ?
इक्विटीमा प्रतिफल वा रिटर्न अन इक्विटी (आरओई) लाई वारेन बफेटलगायत अधिकांश ठूला लगानीकर्ताहरूले ठूलो महत्त्व दिने गरेका छन् । आरओईले सेयर लगानीबाट लगानीकर्ताले कुन दरमा प्रतिफल पाउन सक्छन् भन्ने विषयको जानकारी गराउँछ ।

कुनै कम्पनीले एकै क्षेत्रका अन्य कम्पनीको तुलनामा निरन्तर राम्रो प्रदर्शन गरिरहेको छ कि छैन भन्ने थाहा पाउन भ्याल्यू इन्भेष्टरहरुले आरओई विश्लेषण गर्दछन् । कुल सम्पति (एसेट्स) बाट दायित्व (लायबिलिटिज) घटाउँदा इक्विटी प्राप्त हुन्छ । गणितीय हिसाबमा, खुद नाफालाई कुल इक्विटीले भाग गर्दा आरओई प्राप्त हुन्छ । आरओईले कम्पनीको नाफा गर्नसक्ने क्षमता र कति प्रभावकारी रूपमा नाफा उत्पन्न गर्छ भन्ने मापन गर्ने साधन हो । धेरै आरओई भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छन् ।

आरओई जति धेरै छ त्यति नै उक्त कम्पनी आफ्नो इक्विटी फाइनान्सिङलाई नाफामा रुपान्तरण गर्नमा सक्षम छ भन्ने बुझिन्छ । आररोई तुलना गर्दा एउटै सेक्टरका कम्पनीहरूबीच तुलना गर्नु पर्दछ । सेक्टरको औसत आरओई भन्दा माथि रहेका कम्पनीहरु लगानीका लागि छनोट गर्नु राम्रो मानिन्छ ।

कसको कति ?

गत आर्थिक वर्षमा विदेशी लगानीको स्ट्यान्डर्ड चार्टर्ड बैंकको आरओई सबैभन्दा बढी रहेको छ । बैंकको आरओई २१.१७ प्रतिशत रहेको छ भने बढी आरओई भएको दोस्रो बैंकको सूचीमा एनआईसी एशिया बैंक परेको छ । एनआईसी एशिया बैंकको आरओई १८.६१ प्रतिशत रहेको छ । सानिमा बैंकको आरओई १५.६३ प्रतिशत रहेको छ । बैंक गत आवमा पुँजीको आधारमा बढी प्रतिफल दिने तेस्रो बैंक हो ।

१४ प्रतिशतको हाराहारीमा आरओई भएका बैंकहरूमा नबिल बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंक रहेका छन् । बैंकहरूको आरओइ क्रमशः १४.८९ प्रतिशत, १४.३२ प्रतिशत र १४.१० प्रतिशत रहेको छ । १३ प्रतिशत नजिक आरओई हुने बैंकमा नेपाल एसबिआई बैंक, एनममबि बैंक र एभरेष्ट बैंक परेको छ । ंनेपाल एसबिआई बैंकको आरओई १३.७६ प्रतिशत रहँदा, एनएमबि बैंकको आरओई १३.५३ प्रतिशत र एभरेष्ट बैंकको आरओई १३.३१ प्रतिशत रहेको छ ।

अन्य बैंकको आरओई भने १३ प्रतिशभन्दा कम रहेको छ । १२ प्रतिशतको हाराहारीमा आरओई रहेका बैंकहरूमा माछापुच्छ्रे बैंक रहेको छ । गत आवमा सबैभभन्दा कम आरओई कुमारी बैंकको रहेको छ भने लक्ष्मी सनराइज बैंकको आरओइ ६.४० प्रतिशत, नेपाल यन्भेष्टमेन्ट मेगा बैंकको आरओई ७.९७ प्रतिशत, प्राइम कमर्शियल बैंकको आरओइ, ८.६५ प्रतिशत रहेको छ ।

लगानीकर्ता गर्दा कम्तीमा २० प्रतिशतको प्रतिफल अपेक्षा राख्छन् । यद्यपि अहिले १४÷१५ प्रतिशतमा हुँदा पनि समस्या मान्दैनन् । तर, आरओई १० प्रतिशतभन्दा कम हुन थाल्यो भने लगानी डाइभर्ट गर्नैपर्ने लगानीकर्ताहरूको बुझाइ छ ।

निजी क्षेत्रले लगानी गर्दा उचित प्रतिफल खोज्ने तर, अहिले बैंकहरुबाट त्यसप्रकारको प्रतिफल घट्दै गएको छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का अध्यक्ष पवन गोल्यान बैंकहरुले गरेको अर्बौं नाफाको तथ्यांककै भरमा धेरै कमाए भन्न नमिल्ने बताउँदै आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स