बैंकहरूले सार्वजनिक गरे अटो लोन, अब कुन बैंकको रेट ?

काठमाडौं । बैंकहरूले भदौ महिनाको लागि ब्याजदर सार्वजनकि गर्दा अटो लोनको ब्याजदर समेत सार्वजनिक गरेका छन् । हाज बैंकहरूले सार्वजनिक गरेको अटो लोन दुई प्रकारको रहेको छ । बेंकहरूले कर्जा अवधिभरि स्थिर ब्याजदर र परिवर्तित ब्याजदर सार्वजनिक गरेका हुन् । सवारी साधनको लोन प्रवाह गर्ने क्रममा बैंकहरूले निजी प्रयोजनको लागि या कमर्शियल प्रयोजनका लागि पनि छुट्टाछुट्टै ब्याजदर सार्वजनिक गरेका हुन् । बैंकहरूले आफ्नो बेस रेटमा प्रिमियम थप गरेर ब्याज दर तोक्ने गरेका छन् भने स्थिर ब्याज दरमा भने निश्चित प्रतिशत नै ब्याज दर तोक्ने गरेका छन् ।

अब अटो लोन लिने ऋणीले सामान्यतया १४ प्रतिशत ब्याजदर मै कर्जा पाउने भएका छन् । बैंकहरुले सवारी साधन खरिद गर्नेको लागि प्रतिवर्ष १५ प्रतिशत सम्मको ब्याजदर लिने गरेको थिए ।

राष्ट्रिय वाणिज्य बैंकले यसरी गाडी कर्जा प्रदान गर्दा बेस रेटमा ३.५० र विद्युतीय सवारी साधन कर्जामा २.२५ प्रतिशत सम्म थप गरेर ब्याज लिने दर सार्वजनिक गरेको छ । हाल बैंकको बेस रेट ८.०२ प्रतिशत छ । यसका आधारमा बैंकलेसामान्यतया गाडी कर्जाका लागि ११.५२ प्रतिशतसम्म ब्याज लिनेछ ।

विद्युतीय सवारी साधनका लागि १०.२७ प्रतिशतमै ऋणीले कर्जा उपयोग गर्न पाउने छन् । बैंकले स्थिर ब्याज दर अन्तर्गत ७ वर्ष सम्मका लागि अन्य सवारीको लागि १३.५० र विद्युतीय सवारीको लागि १२.२५ प्रतिशत दर तोकेको छ ।

एनएमबी बैंकले विद्युतीय सवारी साधनका लागि ५ वर्षका लागि स्थिर ब्याजदरका लागि १२.४९ प्रतिशत र कृषि विकास बैंकले स्थिर ब्याजदरमा १३.५२ प्रतिशत दर तोकेको छ । यी तीन वटै बैंक सरकारी स्वामित्वको बैंक हो ।

नविल बैंकले प्राइभेट, कमर्सियल र इलेक्ट्रिक भेइकल भनी तीन वर्गमा सबैलाई बेस रेटमा ५ प्रतिशत जोडेर ब्याज लिने बताएको छ । बेस रेट हाल ९.५२ प्रतिशत भएकाले यसको ब्याजदर १४.५२ प्रतिशत सम्म हुनेछ । ५ वर्ष सम्मका लागि १३.४९ प्रतिशत र ५ देखि ७ वर्ष सम्मका लागि १४.४९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंकले पनि ५ वर्षसम्मको र ६ वर्षदेखि १० वर्षसम्मको अटो लोन सार्वजनिक गरेको छ । बैंकले ५ वर्षसम्मको निजी सवारी साधन खरिद गर्नको लागि १३.५० प्रतित र ६ देखि १० वर्षसम्को लागि १३.७५ प्रतिशत ब्याजदर तोकेको छ । कमर्शियल सवारीको लागि ५ वर्षको लागि १३.५० प्रतिशत ब्याजदर तोकेको छ ।

माछापुच्छे« बैंकले ५ वर्ष समयावधिको लागि १२ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १३ प्रतिशत ब्याजदर तोकेको छ । प्रमु बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियर थपेर अटो लोन दिने बताए पनि ५ वर्षसम्म समयावधि भएको लोनलाई १३.५० प्रतिशत र ५ वषैदेखि माथिको लोनको लागि १३.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

धिक तरलता हुँदा ८/९ प्रतिशतमा उपलब्ध हुने अटो अटो अहिले बढेर कबिर १४ प्रतिशतको हाराहारीमा पुगेको छ । पछिल्ला दुई वर्ष अटो लोन खरिद बिक्रीका लागि पेनिक वर्ष नै रह्यो । हुन त यो पेनिक अर्थमन्त्री डा। युवराज खतिवडा भएकै बेलामा सुरु भएको हो । यद्यपि उनले लिएको कर नीतिका कारण पेनिक बनेको अटो बजार पछि विदेशी विनिमय सञ्चिति घटेको भन्दै सवारी साधन आयातमै राष्ट्र बैंकले प्रतिबन्ध लगाइ दियो ।

अहिले आयात खुला भएपनि ब्याजदरको ग्राफ उक्लेर माथि पुगेको छ । आम उपभोक्ताको क्रय शक्ति घट्दा बजारमा मन्दी देखिएकोले सहज बेलामा समेत असजहत बनेको गाडी कर्जा ब्याजको ग्राफ बढ्दा अझ पेनिक हुने हो कि भन्ने चिन्तामा व्यवसायी रहेका छन् ।

बैंकबाट कर्जा नलिइकन सवारी साधन खरिद गर्ने निकै कम पाइन्छ । पुरै रकम तिरेर सवारी साधन किन्ने मानिस कमै हुन्छन् । अहिले बैंकहरूले अटो लोनमा फोकस गरेपनि उपभोक्ताको क्रयशक्ति ह्रास हुँदा स्टक रहेका गाडी समेत बिक्री हुन सकेका छैनन् । खासमा नेपाली बजारमा ४० देखि ५५/६० लाखसम्मको गाडी बिक्री हुने गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स