काठमाडौं । आज शुक्रबार अमेरिकी डलरको भाउ केहि बढेको छ । आज शुक्रवार १ अमेरिकी डलरको खरिद मूल्य १३२.७४ रुपैयाँ र बिक्री मूल्य १३३.३४ रुपैयाँ कायम गरेको छ ।
बेलायती पाउन्डको भाउ भने बढेको छ । शुक्रवार १ पाउन्ड स्टर्लिङको खरिद मूल्य १६९.३१ रुपैयाँ र बिक्री मूल्य १७०.०८ रुपैयाँ तय भएको छ ।
युरोपियन युरोको मूल्यमा भने सामान्य गिरावट आएको छ । आज यूरोपियन यूरोको खरिद मूल्य १४४.५० रुपैयाँ र बिक्री मूल्य १४५.१५ रुपैयाँ कायम भएको छ ।