काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौदेखि लागू हुने गरी बढाएर ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा ५ देखि ८ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले विभिन्न बचत खातामा ५ प्रतिशत, एम स्मार्ट बचत खाता र स्मार्ट प्लस सेभिङ खातामा ७ प्रतिशत र एमबिएल कर्मशिल बचत खातामा ८ प्रतिशत ब्याज दिने भएको छ ।
तीन महिनादेखि ६ महिनासम्मको मुद्दति निक्षेपमा बैंकले ब्याजदर परिवर्तन गरेको छैन । तीनदेखि ६ महिनाको मुद्दति निक्षेपमा ९ प्रतिशत र ६ महिनाभन्दा माथिको मुद्दति खातामा ९.४९ प्रतिशत ब्याज दिने भएको छ ।
रेमिट्यान्स मुद्दति निक्षेपमा भने निक्षेपकर्ताले भदौ महिनामा १०.९९ प्रतिशत पाउनेछन् । बैंकले संस्थागत निक्षेपमा भने ६ महिनादेखि ५ वर्षसम्म अवधिलाई ७ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधिलाई ७.४९ प्रतिशत ब्याज दिने जनाएको छ ।