काठमाडौं । एनआईसी एशिया बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दति निक्षेपमा संस्थागततर्फ ८.८९६ प्रतिशत र व्यक्तिगततर्फ १०.८९६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
साधारण बचत खातामा न्यूनतम ५.९६६ प्रतिशतदेखि अधिकतम ७.९६६ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ ।