यस्तो छ लक्ष्मी सनराइज बैंकको भदौ महिनाको ब्याजदर

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा भदौ १ गतेदेखि लागू हुने गरी साउन कै ब्याजदरलाई निरन्तरता दिने भएको छ ।

बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत र व्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
बैंकले भदौका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । रेमिट्यानस बचतमा ८.४० प्रतिशत तोकेको छ ।

बैंकले कर्जाको ब्याजदर निर्धारण गर्दा आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्ने जनाएको छ । बैंकको आधार दर १०.९३ प्रतिशत रहेको छ । बैंकको स्प्रेडदर ४.४२ प्रतिशत छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स