काठमाडौं । ग्लोबल आईएमई बैंकले सामान्य बढाएर नयाँ ब्याजदर सार्वजनिक गरेको छ । ग्लोबल आईएमई बैंकले सबै नेपालीको बचत खाता र सोचेजस्तै बैंक खातामा बचतमै ७.९६६ प्रतिशत ब्याज दिने भएको छ । ज्येष्ठ नागरिक बचत खातामा ६.९६६ प्रतिशत ब्याज तोकेको बैंकले बाँकी सबैखाले बचत खातामा समान ५.९६६ प्रतिशत ब्याज दिने जनाएको छ ।
बैंकले ३ महिनासम्मको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ १०.८९६ तथा रेमिट्यान्स डिपोजिटमा ११.८९६ प्रतिशत ब्याज दिने भएको छ । ६ महिनाभन्दा माथिको संस्थागत निक्षेपमा पनि बैंकले ८.८९६ प्रतिशत ब्याज दिने जनाएको छ । बैंकले ग्लोबल रेमिट सेभिङ अकाउन्टमा ९.९६६ प्रतिशत ब्याज तोकेको छ ।