नेपाल इन्भेष्टमेण्ट बैंकको ८८ औं शाखा बाराको सिम्रौनगढमा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्नो ८८ औं शाखा बाराको सिम्रौनगढ नगरपालिकामा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन सिम्रौनगढका मेयर विजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरेका थिए ।

सिम्रौनगढ शाखाले ग्राहकहरुलाई वित्तीय पहुँच पुर्‍याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने उद्देश्यले स्थानीय मागलाई पूर्णरुपमा पूरा गर्न बैंकिंङ सेवाहरु प्रदान गर्ने बैंकले जनाएको छ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८७ शाखा, १३० एटीएमहरू, २० एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ शाखारहित बैंकिङ काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा पु¥याइरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स