सरकारलाई सबैभन्दा बढी कर तिर्ने बैंक

काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकहरूमध्य सरकारलाई सबैभन्दा बढी कर तिरेर ग्लोबल आईएमई बैंक अब्बल बैंकको रुपमा स्थापित भएको छ । कुशल नेतृत्व र जिम्मेवार व्यवस्थापनका कारण बैंक यो प्रगति गर्न सफल भएको हो ।

विदेशी भूमीमा कमाएको पैसा वैधानिक च्यानलबाट स्वदेश भित्र्याएर घर–घरमा पैसा पुर्याउन रेमिट व्यवसाय सेवाबाट सुरु भएको आइएमईको यात्रा आज आईएमई फाइनान्स हुँदै नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ ।

वित्तीय क्षेत्रमा मात्र सीमित नभइ ग्लोबल आईएमई ग्रूपको व्यवसायिक यात्रा दिनप्रतिदिन अझ फराकिलो बन्दै छ । तत्कालीन समयमा राज्यको आवश्यकता र प्राथमिकता महसुस गरेर सुर भएको आईएमई समूह वित्तीय क्षेत्रका साथै बीमा, सूचना प्रविधि, अटोमोबाइल, हाइड्रोपावर, पर्यटन तथा हस्पिटालिटी एवम् रिटेलमा समेत जमेको छ ।

उद्यमी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, ग्लोबल ग्रूप एमव् ग्लोबल आईएमई बैंकको समेत अध्यक्ष रहेका चन्द्र प्रसाद ढकालको अब्बल नेतृत्व र बैकिङ क्षेत्रकै पायोनियर बैंकर रत्नराज ब्रजाचार्यको व्यवस्थापकीय क्षमताले बैंकलाई स्थापितमात्रै बनाएन देशकै बैकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने करदाता बनेको छ । अधिकांश बैकिङ सूचकको प्रतिस्पर्धामा ग्लोबलले सबै वाणिज्य बैंकलाई पछि पारेको छ ।

आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म बैंकले सरकारलाई ५ अर्ब ४३ करोड रुपैयाँ कर तिरेको छ । अघिल्लो आव बैंकले सरकारलाई २०७८/०७९ मा तीन अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो ।

८ सूचकमा ग्लोबल आईएमई ‘नम्बर वान’ ?

सबैभन्दा बढी कर तिरेर पहिलो नम्बरमा परेको ग्लोबल आईएमई बैंक बैकिङ क्षेत्रमै सबै भन्दा धेरै विजनेश (कर्जा लगानी) गर्ने बैंकको रुपमा पनि स्थापित भएको छ । बैंकको यो सूचक दोस्रो नम्बर वान सूचक हो । बैंकले गत आवसम्म ३ खर्ब ६९ अर्ब ८८ करोड रुपैयाँको बिजनेश (कर्जा प्रवाह) गरेको हो । यद्यपि बैंकले गरेको यो बिजनेश अघिल्लो आर्थिक वर्षको भन्दा ४ अर्ब ९५ करोड ४१ लाखले कम हो ।

बैंकको कर्जा प्रवाहमा नम्वर वान बनेजस्तै निक्षेप संकलनका हिसाबले पनि ग्लोबल बैंकको निक्षेप अन्य बैंकको भन्दा धेरै छ, यो तेस्रो नम्बर वान बनेको सूचक हो । ग्लोबल बैंकले गत आर्थिक वर्षमा १०.३३ प्रतिशतले निक्षेप संकलन वृद्धि गरेको छ । योसँगै बैंकको निक्षेप बढेर ४ खर्ब २६ अर्ब पुगेको छ । बैंकले गत आवमा १६ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।

बैंकले ऋण सेक्युरिटीमा पनि शतप्रतिशत वृद्धि गरेको छ, यो चौथो पहिलो बनेको सूचक हो । सो शीर्षकमा पनि सबैभन्दा बढी रकम सेक्युरिटी वापत खर्चने बैंक बनेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले ऋण सेक्युरिटी ९९.९२ प्रतिशतले बढेर १२ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।

२१ वटा बैंक तथा वित्तीय संस्थालाई गाभेर तथा एक्विजिशन गरेर बनेको ग्लोबल आईएमई बैंकको कुल सम्पत्ति पनि अन्य बैंकको भन्दा बढी रहेको छ, यो पाँचौ पहिलो सूचक हो । गत आवमा मात्रै बैंकको सम्पत्ति २४ अर्ब ९३ करोडले बढेर ५ खर्ब २६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ । जबकि नबिल बैंकले गएको आवमामात्रै आफ्नो सम्पत्ति १५.०५ प्रतिशतले अर्थात ६३ अर्ब १९ करोड)ले बढाएर ४ खर्ब ८३ अर्ब पुर्याएको छ ।

त्यस्तै गरी ग्लोबल बैंक चुक्ता पुँजीका हिसावले पनि सबैभन्दा ठूलो बैंक हो, यो छैटौं पहिलो बनेको सूचक हो । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ पुगेको छ । बैंकको कुल पुँजी पनि देशमा सञ्चालित २० वटा वाणिज्य बैंकहरूमै सबैभन्दा धेरै छ, यो सातौ पहिलो बनेको सूचक हो । नेपाल इन्भेष्टमेन्ट बैंकको ५८ अर्ब १८ करोड कुल पुँजी हुँदा ग्लोबल आईएमई बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रहेको छ । ५८ अर्ब पुँजी हुने बैंकको तेस्रो स्थानमा नबिल बैंक बनेको छ । नबिलको कुल पुँजी ५८ अर्ब ८ करोड रुपैयाँ रहेको छ ।

ग्लोबल आइएमई मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो, यो बैंकको आठौं पहिलो सूचक हो । बैंकका ३५९ शाखा कार्यालय, ३६२ एटिएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर रहेका छन् ।

मुलुक भित्र मात्र नभई मुलुक बाहिर पनि यस बैंकले वैदेशिक प्रतिनिधि कार्यालय र अन्य बैंक तथा वित्तीय संस्थाहरूसँग साझेदारी गर्दै आफ्ना ग्राहकहरुलाई सेवा दिँदै आएको छ । बैंकका बेलायतको लण्डन, भारतको नयाँ दिल्ली र अष्ट्रेलियाको सिड्नीमा गरी ३ वटा वैदेशिक सम्पर्क कार्यालयहरू सञ्चालन गरेको छ । यसरी बैंकले १ हजार १ सय भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

ग्लोबल आईएमई बैंकको ५ वर्षको लाभांश
जसरी बैंक ठूलो बन्दै गएको सेयर लगानीकर्ताले पाउने लाभांश खुम्चिदै गएको छ । ठूलो पुँजी भएको बैंक बनेपछि सेयरधनीले पाउने लाभांशमा लगाम लागेपनि निरास भने हुन दिएको छैन । हरेक वर्ष सेयरधनीलाई औसतमा लाभांश बाड्दै आएको छ । ५ वर्षअघि बैंकले साढे २५ प्रतिशत लाभांश बाडेको थियो । २०७६ सालमा जनता बैंकलाई मर्जरमा ल्याएपछि बैंकको लाभांश केहि खस्कदै गएको छ ।

५ वर्षको बैंकको खुद नाफा
गएको आर्थिक वर्षमा ग्लोबल आइएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ४६.२६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेको थियो । ५ वर्षको अन्तरालमा बैंकको नाफा पौने ३ अर्बबाट बढ्दै सवा सात अर्ब पुगेको हो ।

‘टू प्लस टू फाइभ’ को सिनर्जीमा बैंक ?
‘टू प्लस टू फाइभ’ को सिनर्जी सहित गत पुस २५ गते पछिल्लो पटक बैंक अफ काठमाण्डूलाई मर्जर ल्याएको ग्लोबल आईएमई बैंकले नियमक निकाय राष्ट्र बैंकको नीतिलाई मात्रै सघाएको छैन, मर्जरका लागि लिडर बनेर रोलमोडलको भूमिका निर्वाह गरेको छ ।

५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरेर कुल २१ वटा बंैक तथा वित्तीय संस्थाहरू मिलेर बनेको ग्लाबल आईएमई बैकको यो सफलताले अन्य बैंक तथा वित्तीय संस्थालाई पनि मर्जरको लागि प्रोत्साहन गरेको छ ।

बैंक अफ काठमाण्डूसँगको मर्जरपछि ग्लोबल आईएमई बैंक पुँजी, निक्षेप, कर्जा, सम्पत्ति, शाखा सञ्जाललगायत धेरै कुरामा नेपालकै ठूलो बैंक बनेको छ । ठूलो अनि सफल बैंक बनाउने सम्बन्धमा अध्यक्ष ढकालले ‘पेसा र व्यवसायिक सफलताको सूत्र इमान्दारिता भएको विभिन्न फोरमहरूमा बताउँदै आएका छन् । समूहको हरेक लगानीमा स्थानीय र सर्वसाधारणको लगानी सुनिश्चितता गर्दै अगाडि बढ्नु ग्रूप सफलताको अर्को कडी हो । आईएमईबाट सुरु भएको ढकालको व्यवसायिक यात्रा निरन्तर अगाडि बढिनै रहेको छ ।

यस्तो छ यात्रा

सन् २००१ मा नेपालले वैदेशिक रोजगारीका लागि मलेशिया खुला गर्यो र धेरै नेपाली रोजगारीका लागि त्यहाँ पुगे । विदेशमा गरेको कमाइ औपचारिक च्यानलबाट भन्दा (हुण्डी) अनौपचारिक माध्यमबाट पैसा आउने क्रम बढ्न थाल्यो । यो विषयले राष्ट्र बैंकलाई चिन्तामा डुबाएको थियो ।

अध्यक्ष ढकालसँग मनी ट्रान्सफर कम्पनी ‘एक्सप्रेस’को एजेन्ट बनेको अनुभव थियो । त्यहि अनुभवलाई सार्थक बनाउने सोचका साथ उनले ‘इन्टरनेशनल मनी एक्सप्रेस’ (आईएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकमा लगे । रहेको राष्ट्र बैंकले उनको प्रस्ताव सहजै स्वीकार गर्यो र गभर्नर डा. तिलक रावलले ‘आईएमई’ सञ्चालन अनुमति दिए ।

यतिले मात्रै उनको चित्त बुझेन, विदेशमा पैसा ल्याउन थालेपछि फेरि यसरी ल्याएको पैसा आफ्नै बैंक तथा वित्तीय राख्न पाए हुन्थ्यो भन्ने सोच पलायो । २०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा ग्लोबल आईएमई बैंकको स्थापना भएको हो ।

वीरगञ्ज हेड अफिस रहने गरी ग्लोबल बैंक दर्ताका लागि १८ जना प्रमोटर मिलेर राष्ट्र बैंकमा निवेदन दिएका थिए । राष्ट्र बैंकले त्यति बेला काठमाडौं बाहिर मात्र बैंक खोल्न दिने नीति अख्तियार गरेको थियो । निवेदन दिएको केही समयपछि राष्ट्र बैंकको नीति परिवर्तन गरेर काठमाडौंमै पनि हेड अफिस राख्न दिने बनायो । त्यसपछि काठमाडौं नै प्रधान कार्यालय रहने गरी ग्लोबल बैंकले सञ्चालन अनुमति पायो ।

आईएमई फाइनान्स र ग्लोबल बैंकको छुट्टाछुट्टै सञ्चालन भइरहेको थियो । राष्ट्र बैंकले क्रस होल्डिङ भएका अर्थात् एक भन्दा धेरै संस्थामा एकै सेयरधनी भएका बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जर गराउने नीति लियो । यो नीति कार्यान्वयन गर्ने आईएमई पहिलो बन्यो । तत्कालै आईएमई फाइनान्स र ग्लोबल बैंक मर्ज भए भएर ग्लोबल आईएमई बैंक बनेको हो ।

१ अर्ब रुपैयाँ हाराहारी चुक्ता पुँजी भएको ग्लोबल बैंकको नाफा पनि करोडमा सीमित थियो । अहिले बैंकको नाफा ७ अर्ब २५ करोड ३४ लाख पुगेको छ । थोरै कर्मचारीबाट सुरु भएको ग्लोबल बैंकको व्यवसायको खासै चर्चामा थिएन । अहिले बैंकमा चार हजार कर्मचारी कार्यरत छन् । बैंकका २८ लाखभन्दा बढी ग्राहक संख्या पुगेका छन् । बैंकले सक्रिय ग्राहकलाई ध्यानमा राखेर डिजिटल कारोबारलाई बैंकले आफ्नो मूलमन्त्र बनाएको छ ।

१७ औं वर्षमा हिडिरहेको यो बैंक पहिलो बैंक बन्नुमा बैंकप्रति ग्राहकको विश्वास, माया र सद्भाव भएको अध्यक्ष ढकाल बताउँछन् । गुणात्मक दृष्टिकोणले हेर्ने हो भने पनि बैंक विश्वासशिलो र भरपर्दो छ । अध्यक्ष ढकालको स्पष्ट भिजन, मिसनले बैंक ठूलाको मात्रै बनेन, सबै (सानादेखि ठूला ग्राहक) को रोजाइको बैंक बन्यो । यो विरासत प्राप्त गर्न ढकालले धेरै पसिना पगाएका छन् । र त नि आज ग्लोबल आर्ईएमई बैंक आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

हेडलाइन्स