काठमाडौं । नबिल बैंकले भदौ महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो ।
जसअनुसार, बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत, रेमिट्यान्स खातामा ८.९० प्रतिशत ब्याजदर प्रदान गर्ने छ ।
त्यस्तै, बैंकले मुद्दती निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशतदेखि ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ ९.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ । साथै, रेमिट्यान्स बचत खातामा १०.४९ प्रतिशतदेखि ११.४९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।
बैंकले कर्जाको ब्याजदर भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोकेर निर्धारण गर्नेछ । बैंकको आधार दर ९.५२ प्रतिशत र ब्याजदर अन्तर (स्प्रेड रेट) ४.९९ प्रतिशत रहेको छ ।