वाणिज्य बैंकहरूले तोके भदौ महिनाको लागि नयाँ ब्याजदर, कुन बैंकको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाको लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । भदौ महिनाका लागि कुनै बैंकले ब्याजदर घटाएका छन् भने कुनै बैंकले बढाएका छन् । कुनै बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नबिल बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंकले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकहरूले प्रकाशित गरेको ब्याजदरअनुसार एनएमबि, प्राइम कमर्सियल, एनआईसी एशिय ास्ट्याण्डर्ड चार्टर्डलगायतका बैंकहरूले भने साउन महिनाको तुलनामा ब्याजदर घटाएका छन् । लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएको छ ।

सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । सो बैंकको मुद्दति निक्षेपमा अधिकतममा ८.९२ प्रतिशत ब्याज दिने भएको छ । साउन महिनामा उक्त बैंकले व्यक्तिगत निक्षेपमा ८.९५ प्रतिशत र संस्थागततर्फ ६.९५ प्रतिशत ब्याजदर रहेको थियो । भदौ महिनामा भने उक्त बैंकले संस्थागत तर्फभने सो बैंकले ६.९२ प्रतिशतका दरले ब्याज दिनेछ ।

माछापुच्छ्रे बैंकले भदौ महिनाको लागि स्ट्याण्डर्ड चार्टर्ड पछि कम ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत मुद्दति निक्षेप ७.९९ प्रतिशत ब्याजदर तोकेको छ । साउन महिनामा उक्त बैंकले व्यक्तिगततर्फ ९ र संस्थागत निक्षेपमा ७ प्रतिशत ब्याजदर तोकेको थियो ।

एनएमबि बैंकले भदौ महिनामा ब्याजदर घटाएको छ । बैंकले भदौ महिनाको लागि व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.९९ प्रतिशत ब्याज दिने भएको छ । साउन महिनामा बैंकको ब्याजदर व्यक्तिगत निक्षेपतर्फ १०.९३ प्रतिशत र संस्थागत मुद्दति निक्षेपतर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्राइम कमर्शियल बैंकले पनि साउन महिनाको तुलनामा भदौमा घटेको छ । प्राइम कमर्शियल बैंकले भदौ महिनाको लागि व्यक्तिगत मुद्दति निक्षेपमा १०.५ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ८.५ प्रतिशत ब्याज दिने भएको छ ।

नयाँ प्रकाशित ब्याजदर अनुसार बैंकहरुको अधिकतम ब्याजदर १०.८९६ प्रतिशत देखिएको छ । एनआईसी एशिया, नेपाल बैंक, कृषि विकास बैंक, कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेप सबैभन्दा बढी ब्याजदर तोकेका छन् । उक्त बैंकहरूमा निक्षेप राख्ने निक्षेपकर्ताले अन्य बैंकहरूको भन्दा बढी ब्याजदर पाउने छन् । संस्थागत तर्फ यी बैंकहरुले अधिकतममा ८.८९६ प्रतिशतका दरले ब्याज दिने भएका छन् ।

लक्ष्मी सनराइज बैंकले भदौ महिनाको लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर बढाएर १०.४ प्रतिशत पुर्याएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । प्रभु बैंकले पनि ब्याजदर बढाएर व्यक्तिगत निक्षेपमा १० प्रतिशत र संस्थागत निक्षेपमा ८ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी सिद्धार्थ बैंकले पनि ब्याजदर बढाएर करिब आधा प्रतिशतले बढाएर व्यक्तिगत निक्षेपमा ९.९९ प्रतिशत र संस्थागत निक्षेपमा ७.९९ प्रतिशत ब्याजदर पुर्याएको छ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साउन महिनाको ब्याजमा १ प्रतिशतले बढाएर व्यक्तिगत मुद्दति निक्षेपमा ९.९९ प्रतिशत र व्यक्तिगत निक्षेपमा ७.९९ प्रतिशत पुर्याएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स