काठमाडौं । गत आर्थिक वर्षमा देशमा सञ्चालित वाणिज्य बैंकहरूले १ खर्ब ३२ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंकहरूले गत आवमा प्रवाह गरेको अघिल्लो आर्थिक वर्षको भन्दा ३.१८ प्रतिशतले मात्रै बढी हो । वाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म कुल ४१ खर्ब ५३ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । गत आवमा सो कर्जा बढेर ४२ खर्ब ८५ अर्ब ४७ करोड रुपैयाँमात्रै पुगेको छ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा निजी क्षेत्रतर्फ १२.६ प्रतिशतले कर्जा प्रवाह गर्ने लक्ष्य तय गरेको थियो ।
गत आर्थिक वर्षमा ग्लाबेल आईएमई, हिमालयन, कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र माछापुच्छे«े बैंकको बिजनेश घटेको छ भने सबैभन्दा नेपाल एसबिआईले सबैभन्दा बढी कर्जा ग्रोथ गरेको छ ।
नेपाल एसबिआई बैंकको कर्जा प्रवाहको वृद्धिदर सबैभन्दा बढी भएपनि आकारका आधारमा ग्लोबल आईएमई ठूलो बैंक बनेको छ । यद्यपि बैंकले गत आर्थिक वर्षमा गरेको व्यवसाय अघिल्लो आवकोभन्दा १.३२ प्रतिशत अर्थात ४ अर्ब ९५ करोड रुपैयाँले कम हो । कर्जा प्रवाहे घटेपनि ग्लोबल आईएमई बैंक सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक वर्षमा ३ खर्ब ६९ अर्ब ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो भने अघिल्लो आर्थिक वर्षमा ३ खर्ब ७४ करोड ८४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
नबिल बैंक बढी कर्जा प्रवाह गर्ने आकार र वृद्धिदरको आधारमै दोस्रो बैंक बनेको छ । बैंकले प्रवाह गरेको कर्जा गत आवमा ९.७९ प्रतिशतले बढेर ३ खर्ब ४० अर्ब ९८ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको लगानी ३ खर्ब १० अर्ब ५७ करोड रुपैयाँ थियो ।
बढी कर्जा प्रवाह गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको व्यवसाय अघिल्लो आर्थिक वर्षकोभन्दा घटेपनि आकारमा भने बढी कर्जा प्रवाह गर्ने तेस्रो नम्बरमा परेको छ । बैंकले गत आवमा ३ खर्ब १२ अर्ब ३९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ भने अघिल्लो आवमा ३ खर्ब १३ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गत आवमा एनएमबि बैंकको कर्जा प्रवाह ८.६१ प्रतिशतले १ खर्ब ९६ अर्ब ४३ करोड पुगको छ भने एभरेष्ट बैंकको कर्जा प्रवाह ८.५४ प्रतिशतले वृद्धि भएर १ खर्ब ६८ करोड २९ लाख रुपैयाँ पुगेको छ ।
प्राइम कमर्शियल बैंकको कर्जा प्रवाह पनि ८.२० प्रतिशतले वृद्धि भएर २ खर्ब ४५ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । सिटिजन्स बैंकको कर्जा विस्तार ६.१४ प्रतिशतले वृद्धि भएको छ । बैंकले गत आवमा ८ अर्ब २६ करोड ७९ लाख रुपैयाँ बढी कर्जा विस्तार गरेर १ खर्ब ४२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।
स्टयाण्र्डड चार्टडले ५.९० प्रतिशतले कर्जा विस्तार गर्दा सानिमा बैंकले गत आवमा ५.७६ प्रतिशत अर्थात ८ अर्ब १५ करोड ७१ लाख रुपैयाँ कर्जा वृद्धि गरेर १ खर्ब ४९ अर्ब ८४ करोड रुपैयाँ पुर्याएको छ । प्राइम कमर्शियल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७१ प्रतिशत १ खर्ब ६० अर्ब ९७ करोड पुगेको छ । अन्यको वृद्धिदर भने सो भन्दा कम रहेको छ ।