सबै बैंकको बेसरेट घट्यो, कर्जाको ब्याजदर घट्ने निश्चित

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म देशमा सञ्चालित सबै बैंकको बेसरेट घटेको छ । गत आर्थिक वर्षको तेस्रो ८.२१ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत बेसरेट चौथो त्रैमासमा आइपुग्दा ०.३८ प्रतिशतले घटेर ७.८३ प्रतिशतमा सीमित भएको हो । यद्यपि अझै ९ वटा बैंकको बेसरेट ८ प्रतिशतभन्दा माथि रहेको छ भने ८ वटा बैंकको बेसरेट ७ प्रतिशतभन्दा माथि बाँकी ३ बैंकको बेसरेट ६ प्रतिशतभन्दा माथि रहेको छ । हाल देशमा २० वटा वाणिज्य बैंकहरू सञ्चालनमा रहेका छन् ।

बेसरेट घटेसँगै बैंकहरूले प्रवाह गर्ने कर्जाको ब्याजदर पनि घट्ने गर्दछ । बेसरेट कम भएको बैंकबाट कर्जा लिँदा ऋणीलाई सस्तो ब्याजदर पर्ने गर्दछ । गत आवको अन्तिमसम्मको रिपोर्ट हेर्दा सबैभन्दा सस्तो कर्जा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको हुनेछ भने सबैभन्दा महँगो ब्याज प्राइम कमर्शियल बैंकका ऋणीले तिर्नुपर्ने छ । यसरी हर्दा राष्ट्रिय वाणिज्य बैंकपछि स्टयाण्र्डड चार्टर्ड बैंक र सरकारी स्वामित्वको अर्को बैंक नेपाल बैंकले अन्य बैंकको तुलनामा सस्तोमा कर्जा दिन सक्ने देखिएको छ । यी बैंकको बेसरेट क्रमशः ६.११, ६.९१ र ६.९७, ६. प्रतिशत रहेको छ ।

त्यसैगरी ७ देखि ८ प्रतिशत बेसरेट हुने बैंकको सूचीमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक रहेका छन् । बाँकी बैंकको भने बेसरेट ६ देखि ७ प्रतिशको बीचमा रहेको छ । यी बैंकको कर्जा माथि उल्लेखित ३ बैंकको भन्दा महँगो भएपनि ८ प्रतिशतभन्दा बढी बेसरेट भएका बैंकको भन्दा कम हुन्छ ।

८ प्रतिशतभन्दा बढी बेसरेट हुने बैंकहरूको कर्जा भने सबैभन्दा महँगो हुने भएको छ । तेस्रो त्रैमाससम्म प्राइम कमर्शियल बैंकको बेसरेट ९ प्रतिशत माथि थियो भने धरै बैंकको बेसरेट ८ प्रतिशत वा त्यसैको हाराहारीमा थियो । र चौथो त्रैमासमा पनि सबैभन्दा सबैभन्दा बढी बेसरेट प्राइम बैंकको नै रहेको छ । प्राइम बैंकको बेसरेट ९.०९ प्रतिशतबाट अझेर ८.६७ प्रतिशतमा सीमित भएको हो ।

सबैभन्दा कम बेसरेट सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । तेस्रो त्रैमासमा ६.४२ प्रतिशत रहेको राष्ट्रिय वाणिज्य बैंकको बेसरेट चौथो त्रैमासमा आइपुगदा ६.११ प्रतिशतमा झरेको छ । गत आवको चौथो त्रैमाससम्म आइपुग्दा हिमालयन बैंकको बेसरेट ८.६१ प्रतिशत रहेको छ भने कुमारी बैंकको बेसरेट ८.५० प्रतिशत रहेको छ । लक्ष्मी सनराइज बैंकको बेसरेट ८.३८ प्रतिशत रहँदा सिटिजन्स बैंकको बेसरेट ८.३४ प्रतिशत रहेको छ ।

त्यस्तै सानिमा बैंकको बेसरेट ८.२७ प्रतिशत, नेपााल एसबिआई बैंकको ८.२० प्रतिशत, ग्लोबल आईएमई बैंकको बेसरेट ८.१८ प्रतिशत रहँदा माछापुच्छ«े बैंकको बेसरेट ८.०७ प्रतिशत रहेको छ ।

बैंकहरूले बेसरेटमा अधिकतम ४ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । अधिक तरलता भएका बेला बैंकहरूले बेसरेटमा साढे एक तथा २ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गर्ने गरेका थिए । कर्जाको प्रकार अनुसार बैंकहरुले बेसरेटभन्दा केही प्रतिशत थपगरि कर्जा लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बेसरेटभन्दा तल झरेर बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकलाई कर्जा दिँदैनन् ।

कर्जाको प्रकार अनुसार फरक–फरक ब्याजदर तोकिए पनि प्रवाहित कर्जाको ब्याजदरभन्दा बैंकहरूको बेसरेट परिवर्तनले कर्जाको ब्याजदरमा हेरफेर हुनेहुन्छ । गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा मार्फत नेपाल राष्ट्र बैंकले पछिल्लो तीन महिनाको बेसरेटको आधारमा बैंकहरूले मासिक रुपमा बेसरेट निर्धारण गर्न पाउने व्यवस्था गरेको छ । त्यसअघि हरेक ३ महिनामा मात्रै बेसरेट गणना गर्न पाइन्थ्यो । त्यहि अनुसार कर्जाको ब्याजदर निर्धारण हुने गर्दथ्यो ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले अबका महिनामा पनि बैंकहरूको बेसरेट घट्दै जाने हुँदा कर्जाको ब्याजदर घट्ने बताए । ‘गत आवको तेस्रो त्रैमासको तुलनामा चौथो त्रैमासमा आईपुग्दा बैंकको बेसरेट ०.३८ प्रतिशतले झरिसकेको छ,’ उनले भने ‘अघिल्लो आवको सोही अवधिको तुलनामा भने ०.७० प्रतिशतले बेसरेट घटेको छ । ’

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स