स्वावलम्बन लघुवित्तको लभांश घोषणा

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको असोज २१ गते (बिहीबार) बसेको ३७४ औं बैंठबाट आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

जसमा लघुवित्तले १९ प्रतिशत बोनस सेयर र बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेतगरी ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लघुवित्तको चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स