राष्ट्र बैंकले गर्यो समस्याग्रस्त सुपर लघुवित्तको संयोजन तथा सदस्यको सट लिष्टिङ, को को परे ?

काठमाडौं । समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनको लागि ९ जनाको नाम सर्ट लिस्ट भएको छ । उक्त लघुवित्त वित्तीय संस्था सञ्चालनको लागि १४ जनाको आवेदन परेको थियो । सो आवेदनमध्यबाट राष्ट्र बैंकले शैक्षिक योग्य, कार्य अनुभव, व्यवसायिक कार्ययोजना र सो को प्रस्तुतीकरण मार्फत ९ जनालाई आवेदकलाई सर्टलिस्ट गरी अन्तरर्वाताको लागि बोलाएको हो ।

नेपाल राष्ट्र बैंकले असार १४ गते समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्न १ जना संयोजक र १ जना सदस्यको लागि दरखास्त आह्वान गरेको थियो। जसमा संयोजक पदको लागि ९ जना र सदस्य पदको लागि ५ जनाको आवेदन परेको थियो ।

संयोजक पदमा आवेदन दिएका ९ जनामध्य ५ जना र सदस्य पदमा आवेदन दिएका ५ मध्येबाट ४ जना अन्तर्वार्ताको लागि छनोट भएका हुन् । संयोजक पदतर्फ अन्तरवार्ता लागि छनोट हुनेमा शेष नारायण पोख्रेल, तेजेन्द्र शर्मा लम्साल, मिन बहादुर बोहरा, निर्मल कुमार कार्की र कुलमणि तिम्सिना रहेका छन् । सदस्य पदतर्फ अन्तर्वार्ताको लागि छनोट हुनेमा शेष नारायण पोख्रेल, कुल चन्द्र पराजुली, रुपक थापा र देव चन्द्र राय रहेका छन् ।

राष्ट्र बैंकले यी उम्मेदवारहरुको अन्तर्वार्ताको लागि समय तोकेको छ । जसमा संयोजक पदको अन्तर्वार्ता भदौ ३ र सदस्य पदको अन्तर्वार्ता भदौ ४ मा हुने छ । अन्तर्वार्तापछि राष्ट्र बैंकले आवेदक मध्यबाट समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा सञ्चालनका लागि एक संयोजक र एक सदस्य गरि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूह गठन गर्ने छ ।

राष्ट्र बैंकले सुरुमा वैशाख २८ गते पहिलो पटक र जेठ १९ गते दोस्रो पटक सूचना जारी गर्दै दरखास्त माग गरेको थियो । तर २ पटक पनि जनशक्ति फेला नपरेपछि राष्ट्र बैंकले योग्यता घटाउँदै र तलव बढाएर असार १४ गते नयाँ सूचना जारी गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स