वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी २ खर्ब नजिक, नबिल नम्बर वान बन्दा ग्लोबल आईएमई दोस्रोमा

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्म वाणिज्य बैंकहरूले १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । २० वटा वाणिज्य बैंकहरूमध्य सबैभन्दा बढी खुद ब्याज आम्दानी नबिल बैंकले कमाएको छ भने त्यसको पछिपछि ग्लोबल आईएमई बैंक देखिएको छ । नबिल बैंकले १७ अर्ब ९८ करोड ३२ लाख खुद ब्याज आम्दानी गर्दा ग्लोबल आईएमई बैंकले १७ अर्ब ११ अर्ब ८२ करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ ।

१२ अर्बभन्दा बढी ब्याज आम्दानी गर्ने बैंक तीन वटा रहेका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् । यी बैंकमध्य पनि बढी ब्याज आम्दानी गर्ने बैंकमा नम्बरमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक परेकोे छ । बैंकले गत आवमा १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । एनआईसी एशिया बैंकले १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ कमाउँदा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १२ अर्ब २७ करोड ५८ लाख रुपैयाँ कमाएको छ ।

बढी ब्याज आम्दानी गर्ने बैंकको छैटौं नम्बरमा परेको कुमारी बैंकले ११ अर्ब १ करोड १४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । देशमा सञ्चालित वाणिज्य बैंकहरूमध्य खुद ब्याज आम्दानी कमाउने बैंकको छैटौं नम्बरमा परेको कुमारी बैंकले गत आवको सञ्चित नाफाबाट आमसेयरधनीलाई लाभांश बाड्न नसक्ने भएको छ ।

एनसीसी र कुमारी बैंक मर्जर भएर बनेको कुमारी बैंकका ठूला ऋणले सावा र ब्याज दुबै नतिर्दा बैंक खुद ब्याज आम्दानी गर्ने ठूलो बैंक बनेपनि लाभांश दिन नसक्ने भएको हो । ठूला ऋणीले ऋणा नतिर्दा बैंकले ४ अर्बभन्दा बढी रकम ऋणको लागि प्रोभिजिङ गरेको छ । प्रभु बैंकले पनि गत आवमा १० अर्ब २५ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यसैगरी नेपाल बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४४ करोड १५ लाख, एनएमबि बैंकले ८ अर्ब ३४ करोड २४ लाख, सिद्धार्थ बैंकले ८ अर्ब १७ करोड ८४ लाख, कृषि विकास बैंकले ८ अर्ब ८ करोड ४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् ।

आम सेयरधनीलाई सबैभन्दा बढी लाभांश बाड्न सक्ने क्षमता राखेको एभरेष्ट बैंकले भने गत आवमा ७ अर्ब ४४ करोड ८० लाख रुपैयाँ खुदा ब्याज आम्दानी गरेको छ । प्राइम कमर्शियल बैंकको खुद ब्याज आम्दानी ७ अर्ब २७ करोड ९७ लाख रुपैयाँ रहेको छ भने सानिमा बैंकले ६ अर्ब ४८ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

स्टयाण्डर्ड चार्टर्ड बैंकले ५ अर्ब ९५ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्दा सिटिजन्स इन्टरनेशल बैंकले ५ अर्ब ८५ करोड ७२ लाख खुद ब्याज आम्दानी गरेको छ । नेपाल एसबिआई बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ रहेको छ भने लक्ष्मी सनराइज बैंकको ५ अर्ब ५० करोड ७२ लाख र माछापुच्छ«े बैंकको ५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स