एनआईसी एसिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक, ११.९९ प्रतिशत ब्याजमा १२ करोडसम्म सेयर धितो कर्जा दिने

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरू समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयरधितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले न्यूनतम २५ लाख रूपैयाँदेखि अधिकतम १२ करोड रूपैयाँसम्मको अठोट घर कर्जा योजना ल्याएको हो । २५ वर्षसम्मको कर्जा अवधि रहेको यस अठोट घर कर्जा ग्राहकहरूले आकर्षक तथा न्यूनतम ब्याजदरमा उपभोग गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले निजी आवासीय घर खरिद गर्न, निजी आवासीय अपार्टमेन्ट खरिद गर्न, निजी आवासीय घर निर्माण गर्न, निजी आवासीय घर मर्मत तथा तला थप्न र निजी आवासीय घर निर्माण गर्न जग्गा खरिद गर्न यो कर्जा सुविधा उपयोग गर्न सक्नेछन् । साथै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको व्यक्तिगत आवासीय घरकर्र्जा यस बैंकको अठोट घर कर्जामा स्वापः गर्न सकिने व्यवस्था समेत बैंकले गरेको छ ।

बैंकले ग्राहकहरूको व्यवसाय सञ्चालन तथा विस्तार गर्नका लागि ल्याएको अठोट साना व्यवसाय कर्जामा न्यूनतम २५ लाख रूपैयाँदेखि अधिकतम ५ करोड रूपैयाँसम्म कर्जा उपलब्ध हुनेछ । अधिकतम १५ वर्ष कर्जा अवधि कायम गरिएको यस कर्जामा आकर्षक तथा न्यूनतम ब्याजदर कायम गरिएको छ । साना तथा मझौला व्यवसाय तथा कृषि व्यवसायहरूलाई लक्षित गरी ल्याएको यस कर्जा अन्तर्गत लगानीकर्ताहरूले सञ्चालित वा नयाँ व्यवसायहरूको अल्पकालीन वा दीर्घकालीन लगानी आवश्यकताका लागि यो कर्जा उपभोग गर्न सक्नेछन् ।

त्यसैगरी बैंकले ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिने भएको छ ।

बैंकले ११.९९ प्रतिशत ब्याज मै सेयर धितो कर्जा दिन सबै शाखाहरुलाई सर्कुलर गरेको छ । औसत आधार दरमा १.८१ प्रतिशत प्रिमियम जोडेर ११.९९ प्रतिशत ब्याजमा सेयर धितो कर्जा दिन बैंकले सर्कुलर जारी गरेको हो ।

न्यूनतम ५० लाखदेखि अधिकतम १२ करोड रूपैयाँसम्म अठोट सेयर धितो कर्जा दिने र कर्जामा १ वर्षको भुक्तानी अवधि (वार्षिक रुपमा नवीकरण गर्न सकिने) बैंकले जनाएको छ ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ५ सय ६७ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहितशाखा सञ्जाल विस्तार गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स