९ बैंकको कष्ट अफ फण्ड ८ प्रतिशतमाथि, हिमालयन बैंकमाथि हुँदा राष्ट्रिय वाणिज्य बैंकले गर्यो खर्च मेन्टेन

काठमाडौं । देशमा सञ्चालित २० वाणिज्य बैंकमध्य सबैभन्दा बढी कष्ट अफ फण्ड हिमालयन बैंको रहेको छ । सबैभन्दा कम प्राइम कमर्शियल बैंकको रहेको छ । सबैभन्दा माथि कष्ट अफ फण्ड भएका बैंकहरूमध्य सिटिजन्स बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबिआई र प्राइम कमर्शियल बैंक रहेका छन् । अन्य बैंकको कष्ट अफ फण्ड भने ६.११ प्रतिशतदेखि ८ प्रतिशतसम्म रहेको छ ।

एभरेष्ट बैंकले खर्च घटाउँदा आम लगानीकर्तालाई बढि प्रतिफल दिन सफल भएको छ । बढी कष्ट अफ फण्ड भएका बैंकको प्रतिफल कम देखिएको छ भने कम प्रतिफल भएको बैंकको कष्ट अफ फण्ड बढी देखिएको छ ।

एभरेष्ट बैंकले गत आवको सो नाफाबाट सेयरधनीलाई ४०.५० प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ । बैंकको कष्ट अफ फण्ड ७.७५ प्रतिशतमात्रै रहेको छ । एभरेष्ट बैंकको यस्तो कजौ ०.७९ प्रतिशतमात्रै रहेको छ । त्यसैले अन्य बैंकले भन्दा एभरेष्ट बैंकको कष्ट अफ फण्ड कम कम हुँदा सेयरधनीलाई बढी लाभांश बाड्न सक्ने क्षमता देखिएको हो ।

जबकि हिमालयन बैंकको कष्ट अफ फण्ड ८.६१ प्रतिशत रहेको छ । बैंकको एनपीएल पनि ४.५७ प्रतिशत रहँदा बैंक आम सेयरधनीलाई लाभांश बाड्नै नसक्ने अवस्था पुगेको छ । त्यस्तै कुमारी बैंकको पनि कष्ट अफ फण्ड बढ्दा लाभांश बाड्न नसक्ने अवस्था देखिएको छ । बैंकको कष्ट अफ फण्ड ८.५ प्रतिशत र एनपीएल ४.७७ प्रतिशत रहेको छ । यो बैंकले पनि गत आवको नाफाबाट सेयरधनीलाई लाभांश बाड्न नसक्ने अवस्था देखिएको छ ।

सिटिजन्स बैंकको कष्ट अफ फण्ड ८.३४ प्रतिशत रहेको छ । उसले ७.३० प्रतिशतमात्रै लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ । सिटिजन्स बैंकको ३.१९ प्रतिशत एनपीएल रहेको छ ।

सिटिजन्स बैंक पछि माछापुच्छ्रे बैंकको कष्ट अफ फण्ड माथि देखिएको छ । बैंकको कष्ट अफ फण्ड ८.०७ प्रतिशत रहेको छ भने बैंकको एनपीएल २.१२ प्रतिशत र लाभांश बाड्न सक्ने क्षमता १५.२९ प्रतिशत देखिएको छ ।

अन्य बैंकको तुलनामा सिद्धार्थ बैंकको कण्ट अफ फण्ड पनि बढी देखिएको छ । बैंकको कष्ट अफ फण्ड ७.८२ प्रतिशत रहँदा एनपीएल २.०१ प्रतिशत रहेको छ भने बैंकको लाभांश बाड्न सक्ने क्षमता ५.६५ प्रतिशत रहेको छ ।

यता कष्ट अफ फण्ड म्यानेज गरेको राष्ट्रिय वाणिज्य बैंकको कण्ट अफ फण्ड ६.११ प्रतिशत रहेपनि बैंकको एनपीएल भने २.९५ प्रतिशत रहेको छ । बैंकको लाभांश क्षमता भने ११.५९ प्रतिशत देखिएको छ ।

त्यसैगरी सानिमा बैंकको कण्ट अफ फण्ड ८.२७ प्रतिशत र एनपीएल १.३ प्रतिशत रहेको छ । कृषि विकास बैंकको कण्ट अफ फण्ड ७.५१, नेपाल बैंकको ६.९७ प्रतिशत, प्रभु बैंकको ७.८३ प्रतिशत, कुमारी बैंकको कण्ट अफ फण्ड ८.५ प्रतिशत रहेको छ ।

नबिल बैंकको कण्ट अफ फण्ड ७.८१ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६.९१ प्रतिशत र हिमालयन बैंकको कण्ट अफ फण्ड ८.६१ प्रतिशत रहेको छ ।

ग्लोबल आईएमई बैंकको कण्ट अफ फण्ड ८.१८ प्रतिशत कण्ट अफ फण्ड रहँदा एनएमबि बैंकको ७.३४ प्रतिशत र लक्ष्मी बैंकको कष्ट अफ फण्ड ८.३८ प्रतिशत रहेको छ । एनआईसी एशिया बैंकको कष्ट अफ फण्ड ७.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.७१ प्रतिशत, नेपाल एसबिआई बैंकको कष्ट अफ फण्ड ८.२ प्रतिशत र प्राइम कमर्शिय बैंकको कष्ट अफ फण्ड ६.११ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स