यस्तो छ शुक्रबार अमेरिकी डलरसहित अन्य विनियम मुद्राको विनिमय दर

काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउमा सामान्य करेक्सन भएको छ । बिहीबार पनि डलरको भाउ थौरै घटेको थियो । आज शुक्रबारका लागि १ डलरको खरिद दर १३२.०५ रुपैयाँ र बिक्री दर १३२.६५ रुपैयाँ तय भएको छ ।

बुधबार १ डलरको खरिद दर १३२.२३ रुपैयाँ र बिक्री दर १३२.८३ रुपैयाँ थियो। आज यसको खरिद दर १३२.२१ रुपैयाँ र बिक्री दर १३२.८१ रुपैयाँ कायम भएको थियो।

शुक्रवार पनि युरोपियन युरोको भाउ भने बढेको छ । आज १ युरोको खरिद दर १४५.६० रुपैयाँ र बिक्री दर १४६.२६ रुपैयाँ कायम भएको छ । बिहीवार भने १ युरोको खरिद दर १४५.१० रुपैयाँ र बिक्री दर १४५.७६ रुपैयाँ कायम भएको थियो।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.५६ र बिक्री दर १६९.३३ रुपैयाँ पुगेको छ। बिहीबार १ पाउण्डको खरिद दर १६८.३५ र बिक्रीदर १६९.११ रुपैयाँ कायम थियो। बुधबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२१ र बिक्रीदर १६८.९७ रुपैयाँ थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स