निक्षेप तथा कर्जा सुरक्षण कोषका सीईओ कर्मचारी च्यापेर विदेश

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषमा सञ्चालक समिति र सीईओबीच विवाद उत्पन्न भएको छ । कोषका अध्यक्ष, सीईओ, अर्थमन्त्री प्रतिनिधिसहित सीईओ राम अन्तर्राष्टिय सम्मेलनमा भाग लिन २०८० साउन २१ मंंगोलिया जाने कार्यक्रम तय भएको थियो ।

कोषका सीईओ रमेश घिमिरे उक्त सम्मेलनमा भाग साउन १९ गते नै चीन हुँदै गएका छन् ।सीईओले सञ्चालक समितिका अध्यक्षलाई जानाकारी नै नदिइ कोषका लेखा प्रमुख र प्रसासन प्रमुखलाई साथमा लिएर चीन हुँदै मंगोलिया गएका हुन् ।

साथै कोषमा कर्मचारी नियमावलि २०७५ विपरित र लोकसेवा आयोगको सामान्य सिद्धान्त विपरीत तह ८ का २ जना कर्मचारी मन्दिरा थपलिया र बिनोद पन्त को बढुवा पश्चात २०८० साउनमा रिक्त हुने पदमा रिक्त नहुंदै २०८० असार नै नियुक्त गरिएको छ ।

पद रिक्त नहुँंदै उक्त दुइ पदमा तिन जना अचुत पन्त, विदुर पराजुली र नविन भट्टराईको बढुवा भएको हो । कर्मचारी नियमावली अनुसार पद रिक्त नभएसम्म कुनै पनि व्यक्तिलाई उक्त पदमा बढुवा गर्न पाइदैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स