अमेरिकी डलरको भाउ घट्दा अन्यको के के भयो ?

काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ केहि घटेपनि अन्य विदेशी मुद्राको विनिमय दर बढेको छ । बुधबार १ डलरको खरिद दर १३२.२३ रुपैयाँ र बिक्री दर १३२.८३ रुपैयाँ थियो । आज यसको खरिद दर १३२.२१ रुपैयाँ र बिक्री दर १३२.८१ रुपैयाँ कायम भएको छ ।

बिहीबार युरोपियन यूरोको भाउ भने बढेको छ । आज १ युरोको खरिद दर १४५.१० रुपैयाँ र बिक्री दर १४५.७६ रुपैयाँ कायम छ । बुधबार १ युरोको खरिद दर १४४.८४ रुपैयाँ र बिक्री दर १४५.५० रुपैयाँ थियो ।

बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । आज १ पाउण्ड स्टर्लिङको खरिददर १६८.३५ र बिक्रीदर १६९.११ रुपैयाँ कायम छ । बुधबार १ पाउण्ड स्टर्लिङको खरिददर १६८.२१ र बिक्रीदर १६८.९७ रुपैयाँ थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स