काठमाडौं । अब तेस्रो देशबाट मालसामान आयात गर्दा एक पटकमा ६० हजार अमेरिकी डलर बराबरको मालसामान आयात गर्न सकिने भएको छ । राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको हो । नेपला राष्ट्र बैंकले आज विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७९ लाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यस अघि एक पटकमा ५० हजार अमेरिकी डलरबराबरको मालसामान ल्याउन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो ।
भारतबाट हुने आयातको हकमा यस्तो सीमा ३ करोड भारतीय रुपैयासम्म रहेको छ । यस व्यवस्थाअनुसार एक पटक सहही सुविधा प्राप्त गरेपछि सोही निर्यातकर्ताबाट अर्को शीपमेन्टको वस्तु आयातको लागि सटही सुविधा प्राप्त गर्नको लागि राष्ट्र बैंकले शर्तहरू तोकको छ ।
त्यसैगरी नयाँ व्यवस्था अनुसार उद्योगले गर्ने आयातको हकमा दुई प्रतिशत र व्यापारिक संस्थाले गर्ने आयातको हकमा १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था भएपनि विद्युतीय भुक्तानी प्रणाली लागू भई विद्युतीय माध्यमबाट भन्सार राजस्व लिने व्यवस्था भएका भन्सार कार्यालयहरु मार्फत हुने आयातको हकमा उद्योगले एक प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्ने भएको छ ।
राष्ट्र बैंकले सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्योग व्यवसायलाई विदेशमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रयोजनका लागि विदेशस्थित आफ्नै बैंक खातामा रकमान्तर गर्न वा सफ्टवेयररप्रोगाम र उपकरण खरिद गरी विदेशमा नै जडान गर्न उद्योग व्यवसायले अघिल्लो आर्थिक वर्षमा आर्जन गरेको विदेशी मुद्राको १० प्रतिशतसम्मको सिमामा रहि वाणिज्य बैंक मार्फत विदेशी मुद्राको सुविधा लिन पाउने व्यवस्था गरेको छ ।
वायुसेवा यान संस्थालाई एक लाख अमेरिकी डलर वा सो सरहको रकम भारुमा वा परिवत्र्य विदेशी मुद्रासम्मको आयातको लागि तोकिएको कागजातको आधारमा वाणिज्य बैंकबाट विदेशी मुद्रा सटही लिने सकिने व्यवस्था गरेको छ । यस अघि ५० हजार डलर मात्र सटही गर्न पाउने व्यवस्था रहेको थियो ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2023/08/FXMD_Circular-02.2080.81-1.pdf”]