नबिल बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नबिल बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ८२ हजार ८०८ कित्ता सेयर बिक्रीमा राखिएको हो।

बैंकले यस अघि विद्यमान संस्थापक सेयरधनीहरूका लागि मात्र बिक्री खुला गर्दा वितरण हुन नसकेको सेयर सर्वसाधारणलाई खरीद बिक्री खुला गरेको हो ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र बैंकको सेयर रजिस्ट्रार नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको मूल्य बिक्रेता र खरिदकर्ताको आपसी सहमतिमा कायम हुने बैंकले जनाएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स