महालक्ष्मी विकास बैंकको नाफा ३३ करोड ६१ लाख, अन्य सूचक कस्ता ?

काठमाडौं । गत आर्थिक वर्षमा महालक्ष्मी विकास बैंकले नाफा ३३ करोड ६१ रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ३९ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन मुनाफा ७१ करोड ३३ लाख रुपैयाँ रहेको  छ । गत आवको अन्त्यसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९० करोड १७ लाख रुपैयाँ रहेको छ भने बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ८० करोड ८६ लाख रुपैयाँ रहेको छ ।

बैंकको खराब कर्जा ३.५१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा २.४३ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा बैकको कष्ट अफ फण्ड र वेसरेट दुबै बढेको छ ।

अघिल्लो आर्थिक वर्षमा ८.७३ प्रतिशत रहेको बैंकको कष्ट अफ फण्ड गत आवमा बढेर ९.१८ प्रतिशत पुगेको छ । बैंकको वेसरेट ११.४४ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको बेसरेट ११.११ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी ११.२९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स