गरिमा बैंकको नाफा १ अर्ब २१ करोड, यस्ता छन् अन्य सूचक

काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १८.१९प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा भने ४.६४ प्रतिशतले घटेर ५५ करोड ७२ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यसको बितरणयोग्य नाफा ५८ करोड ४४ लाख रुपैयाँ रहेको थियो । असार मसान्तसम्म आइपुग्ग्दा बैंकको खुद ब्याज आम्दानी २३.५७ प्रतिशत र सञ्चालन नाफा १५.५० प्रतिशतले बढेको छ ।

गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि क्रमशः १२.५० प्रतिशत र ७.२० प्रतिशतले बढेको छ । यसको प्रतिसेयर आम्दानी ९८ पैसाले बढेर २३ रुपैयाँ ४७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५ पैसा छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स