कामना सेवा विकास बैंकको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको खुद नाफा २६.९३ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ५९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षमा ४३ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज, सञ्चालन खर्च तथा गैर सञ्चालन खर्च बढेपनि बैंकको नाफा घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.९२ प्रतिशत घटेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी ४.५५ प्रतिशत र सञ्चालन मुनाफा २०.०५ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.३१ प्रतिशतबाट २.९८ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ५० करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५ करोड ८० लाख रुपैयाँ रहेको छ भने वितरण योग्य प्रतिसेयर आम्दानी १ रुपैयाँ ७७ पैसा रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६४ पैसा घटेर १३ रुपैयाँ १४ पैसा पुगेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.८८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको छ।

३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशत बढेको छ भने कर्जा लगानी ३.६६ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स