नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब २९ करोड, अन्य सूचकांक कस्ता ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा १३.१४ प्रतिशतले बढी हो । बैंकले गत आवमा ३ अर्ब ७९ करोड रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी ११०.९६ प्रतिशतले बढेर १२ अर्ब २७ करोड ५८ लाख रुपैयाँ पुगेपछि खुद नाफामा पनि वृद्धि भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगालाई खराब कर्जाको चाप परेको देखिएको छ । अघिल्लो वर्ष १.४९ प्रतिशत रहेको खराब कर्जा बढेर असार मसान्तसम्ममा ४.३५ प्रतिशत पुगेको छ । जसका कारण लोन लस प्रोभिजनमा २ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी रकम छुट्याउनु परेको छ ।

यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड बढी पुगेको छ । रिजर्भ कोष ६६.२० प्रतिशतले बढेर करिब २४ अर्ब रुपैयाँ पुगेको छ । यता, चुक्ता पुँजीमा भारी वृद्धि भएका कारण खुद नाफा बढेपछि प्रतिसेयर आम्दानी केही दबाबमा आएको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ४.६७ प्रतिशतले घटेर अहिले १६.०७ रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स