राष्ट्रिय वाणिज्य बैंकको नाफा ५ अर्ब, अन्य सूचकांक कस्तो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा नाफा १४.५६ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्षमा ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड २८ लाख रुपैयाँ रहेको छ । गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ९ अर्ब २९ करोड ५९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको चक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ र जगेडा कोष ३६ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकले ३ खर्ब २१ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३० अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष बैंकको खराब कर्जा २.०९ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स