एभरेष्ट बैंकका सीईओ खालिङको कमाल, लाभांश क्षमता ४०.५० प्रतिशत, अन्य सूचक राम्रा

काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा एभरेष्ट बैंकको अधिकांश वित्तीय सूचकहरु आकर्षक देखिएका छन् । एभरेष्ट बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म खुद नाफा ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

अघिल्लो आर्थिक वर्षमा पनि अब्बल रहेको प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङको टिमले गत आर्थिक वर्षमा पनि बैंकलाई अब्बल बनाउन सफल भएको छ । गत वर्ष पनि बैंकले आम सेयर लगानीकर्तालाई राम्रो प्रतिफल दिएको थियो ।
बैंकको वितरणयोग्य नाफा बढेर ४ अर्ब ३३ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ४०.५० प्रतिशत रहेको छ । बैंकको चुक्ता पुँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ र जगेडा कोष १० अर्ब २२ करोड ७३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंककोे खुद ब्याज आम्दानी पनि ४३.७४ प्रतिशत बढेर ७ अर्ब ४४ करोड ८० लाख ७४ हजार रुपैयाँ गरेको छ । बैंकको सञ्चालन नाफा ३६.५० प्रतिशत बढेर ४ अर्ब ८४ करोड ७० लाख ५१ हजार रुपैयाँ पुगेको छ ।
बैंककोे रिजर्भ कोष पनि ११.०३ प्रतिशतले बढेर १० अर्ब नाघेको छ । यसअवधिमा बैंकको इक्विटीमा प्रतिफल (आरओई) १३.३१ प्रतिशत पुगेको छ ।

अघिल्लो वर्ष यसको आरओई ११.७६ प्रतिशत थियो । आरओए १.४८ प्रतिशत छ । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँले बढेर ३१.७२ रुपैयाँ पुगेको छ । खराब कर्जामा भने सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको खराब कर्जा यो वर्ष ०.७९प्रतिशतले पुगेको छ । प्रतिसेयर नेटवर्थ २३८.३३ रुपैयाँ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स