एनआईसी एशिया बैंकको नाफा ४ अर्ब ६५ करोड, प्रतिसेयर आम्दानी सबैभन्दा धेरै

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा १०.३५ प्रतिशतले बढेको हो । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा रहेको छ । यो २० वटै वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हो । यसपश्चात स्ट्याण्डर्ड चार्टर्ड बैंकको ईपीएस ३७ रुपैयाँ ३८ पैसा रहेको छ । अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी ३.७७ रुपैयाँले बढेर ४०.२२ रुपैयाँ कायम भएको छ । यस बैंकको प्रतिसेयर नेटवर्थ २५६.४१ रुपैयाँ छ ।

बैंकको खुद ब्याज आम्दानी ९.५८ प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १४.४५ प्रतिशतले बढेपछि खुद नाफामा वृद्धि भएको हो । यसको रिजर्भ कोष चुक्ता पुँजी भन्दा बढी देखिएको छ । रिजर्भमा ४६.०४ प्रतिशतले बढेर १४ अर्ब ३८ करोड ८४ लाख ३८ हजार रुपैयाँ जम्मा भएको छ ।

बैंकको स्व–पूँजीमा प्रतिफल अर्थात आरओई १७.०७ प्रतिशत रहेको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जा अनुपातलाई ०.८० प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकले सो अवधिसम्ममा कर्जा व्यवसायतर्फ कुल कर्जा २ खर्ब ७१ अर्ब र निक्षेपतर्फ कुल निक्षेप संकलन ३ खर्ब १४ अर्ब पुर्याउन सफल भएको छ ।
चुक्ता पुँजी भने ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँमा स्थिर छ । प्रतिसेयर आम्दानी पनि आकर्षक देखिएको छ ।
यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका समग्र वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स