लक्ष्मी सनराइज बैंकको नाफामा छलाङ, अन्य परिसूचक कस्ता ?

काठमाडौं । गत असार २९ गतेदेखि एकीकृत कारोबार शुरु गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडले असार मसान्तसम्ममा बैंकले २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.५० प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ३५.६५ प्रतिशत बढ्दा सञ्चालन मुनाफा ५८.८९ प्रतिशत बढेको छ । सो अवधिसम्ममा बैंकको इम्पेरमेन्ट चार्ज ९१ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस अनुसार बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ ।

नाफा बढेपनि बैंकको प्रतिेियर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६६ पैसा घटेर १० रुपैयाँ ४४ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५७ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ ।

२१ अर्ब ६७ करोड २ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ११२.३० प्रतिशत बढेको छ भने कर्जा लगानी १००.१३ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स