सानिमा बैंकका ग्राहकहरुलाई फुडमान्डूमा क्यासब्याक

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डूसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ ।

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डू मा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सकिने छ ।

सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम २ सय रूपैयाँसम्म, सानिमा भिसा डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा अधिकतम ३ सय रूपैयाँसम्म तथा सानिमा भिसा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम ३ सय सम्मको क्यासब्याक पाउन सक्नेछन् । ग्राहकहरुले उक्त भुक्तानी भएको एक हप्ता भित्र क्यासब्याक प्राप्त गर्ने छन् ।

यो योजना २० श्रावण, २०८० देखि २० माघ, २०८० गतेसम्म प्रत्येक शनिबारका लागि लागू हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स