चार वाणिज्य बैंकको नाफा १० अर्ब, अन्य परिसूचक कस्ता ?

काठमाडौं । गत आर्थिक वर्षमा चार वाणिज्य बैंकले ९ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ नाफा कमाएका छन् । बैंकहरूले कमाएको सो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १३.६६ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा सिद्धार्थ, सानिमा, सिटिजन्स र माछापुच्छ्रे बैंकले अर्ब ६८ करोड ७७ लाख नाफा कमाएका छन् ।

आजसम्म वित्तीय विवरण प्रकाशित गरेका बैकहरूमध्य सबैभन्दा बढी सिद्धार्थ बैंकले कमाएको छ । बैंकले गत आर्थिक वषएमा ३ अर्ब १९ करोड १ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी सानिमा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ कमाएकोल थियो । अघिल्लो आर्थिक वर्षमा सानिमा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको थियो भने अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा २ अर्ब ५६ लाख रुपैयाँ थियो ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ कमाएको थियो । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो आय १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ । बैंकको वितरण योग्य नाफा भने ७९ करोड ५७ लाख रुपैयाँ मात्रै छ । १४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई ५.५६ प्रतिशत मात्रै लाभांश दिन सक्छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ । चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ ।

सानिमा बैंक

सानिमा बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशत बढेको छ ।

खुद फि तथा कमिशन आम्दानी ८.११ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २६.७७ प्रतिशत र सञ्चालन मुनाफा २७.९६ प्रतिशत बढेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ५४ पैसा बढेर २१ रुपैयाँ २ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ ।

१२ अर्ब ४६ करोड १ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ११.५१ प्रतिशत बढेको छ । कर्जा लगानी ६.५० प्रतिशत बढेको छ ।

 सिटिजन्स बैंक

सिटिजन्स बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४१ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ०.८९ प्रतिशत बढेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।

बैंकको कुल सञ्चालन आम्दानी १०.७९ प्रतिशत र सञ्चालन मुनाफा १३.४२ प्रतिशत बढेको छ । असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १४ रुपैयाँ १२ पैसा रहेको छ । बैंकको यस्तो आम्दानी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ रुपैयाँ ४७ पैसा बढेर १५ रुपैयाँ ५९ पैसा पुगेको छ ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१ प्रतिशत रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ८ पैसा रहेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.२२ प्रतिशतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ ।

असार मसान्तसम्ममा १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले १ खर्ब ६८ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४० अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशत बढाएर १ अर्ब ५६ करोड ८७ लाख पुगेको छ । वितरण योग्य नाफा बढेसँगै बैंकको लाभांश क्षमता पनि बढ्न पुगेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले गत आवको नाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांश बाड्न सक्ने देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगरेको यस बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा भने ९.७५ प्रतिशत मात्र बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो । अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ ।

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स