सिद्धार्थ बैंक नाफा ३ अर्बभन्दा माथि, वितरणयोग्य मुनाफा कति ?

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.९१ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी १२.०३ प्रतिशत बढेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १४.५७ प्रतिशत र सञ्चालन मुनाफा ९.८३ प्रतिशत बढेको छ । बैंकको वितरण योग्य नाफा भने ७९ करोड ५७ लाख रुपैयाँ मात्रै छ । १४ अर्ब ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकले गत आवको वितरणयोग्य नाफाबाट लगानीकर्तालाई ५.५६ प्रतिशत मात्रै लाभांश दिन सक्छ ।

नाफा बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५३ पैसा घटेर २२ रुपैयाँ ६४ पैसामा सीमित भएको छ । चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी घट्न पुगेको हो । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.१७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ७३ पैसा रहेको छ ।

१४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ चुक्ता पुजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १६.७६ प्रतिशत बढेको छ भने कर्जा लगानी ३.०६ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स