गणपती वनस्पती र नबिल बैकबीच च्यानल फाईनान्सिङ सम्झौता सम्पन्न

काठमाडौं । नबिल बैक लिमिटेडले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती वनस्पती लिमिटेडका आधिकारीक डिलर तथा बिक्रेताहरुलाई च्यानल फाईनान्सिङ सुबिधा दिने भएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती वनस्पती लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा लक्की ग्रुपका प्रबन्ध निर्देशक अमित मोर र नबिल बैकको तर्फबाट बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सो कार्यक्रममा कम्पनीका तर्फबाट लक्की ग्रुपका अध्यक्ष सतिश कुमार मोर, उपाध्यक्षद्धय श्रबण कुमार मोर र राजकुमार मोर साथै कार्यकारी निर्देशकहरु अनन्ता मोर, क्रषिराज मोर, राजिब मोर र कम्पनीका उच्च पदस्थ कर्मचारीको उपस्थिती थियो भने बैकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतहरु मनोज ज्ञवाली, सुजित शाक्य, भुपेन्द्र पाण्डे, कर्पोरेट हेड ज्ञानेन्द्र शाह लगायतका कर्मचारीको उपस्थिती थियो ।

नेपाल गुणस्तर चिन्ह तथा आईएसओ ९००१ः२०१५, १४००१ः२०१५ प्राप्त यस उद्योगले सफारी र रामदेब ब्राण्डहरुमा प्रशोधित सनफलावर तेल, सोयाबिन तेल, तोरी तेल र पामोलीन तेल बिक्रि बितरण गर्दै आएकोमा हालै मात्र नेबारी प्लस ब्राण्डलाई पनि बजारमा ल्याएको छ । मेक इन नेपाल — स्बदेशी अभियानमा संलग्न, नेपालकै सबैभन्दा ठुलो घिऊ तेल उत्पादन गर्ने यस गणपती वनस्पती लिमिटेड सर्बाधिक निर्यातकर्ता भई लगातार तीन पटक सम्म नेपाल उद्योग परिसंघबाट सम्मानीत पनि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स