काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलरको भाउमा सामान्य वृद्धि भएको छ । यूरो र पाउण्डमा भाउ भने घटेको छ । मंगलबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ र बिक्री दर १३१.९० रुपैयाँ थियो । बुधबार यसको खरिद दर १३१.३२ रुपैयाँ र बिक्री दर १३१.९२ रुपैयाँ कायम भएको छ ।
युरोपियन युरोको विनिमय दर भने घटेको छ । मंगलबार १ युरोको खरिद दर १४४.८९ रुपैयाँ र बिक्री दर १४५.५५ रुपैयाँ थियो। आज यसको खरिद दर १४४.२४ रुपैयाँ र बिक्री दर १४४.९० रुपैयाँ कायम छ ।
आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । मंगलबार १ पाउण्ड खरिददर १६८.८९ र बिक्रीदर १६९.६६ रुपैयाँ थियो। बुधबार यसको खरिददर १६८.१९ र बिक्रीदर १६८.९६ रुपैयाँ पुगेको छ ।