माछापुच्छ्रे बैंकको लाभांश क्षमता १५ प्रतिशतभन्दा बढी, अन्य सूचक कस्ता ?

काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफा १६२.६६ प्रतिशत बढाएर १ अर्ब ५६ करोड ८७ लाख पुगेको छ । वितरण योग्य नाफा बढेसँगै बैंकको लाभांश क्षमता पनि बढ्न पुगेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार बैंकले गत आवको नाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांश बाड्न सक्ने देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कुनै लाभांश वितरण नगरेको यस बैंकको लाभांश क्षमता, गत आर्थिक वर्षको अन्त्यसम्ममा प्रतिसेयर १५ रुपैयाँ २९ पैसा अर्थात १५.२९ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा भने ९.७५ प्रतिशत मात्र बढेको छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो ।
अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.१७ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी ८.३२ प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ९.९१ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.०४ प्रतिशतबाट २.१२ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ८२ करोड रुपैयाँ पुगेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६० पैसा बढेर १८ रुपैयाँ ५ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १२.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ १० पैसा रहेको छ ।

१० अर्ब २५ करोड ७१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ६ करोड ४८ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ६.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १.६४ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स