मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहँदा अन्यको बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलरको मूल्य स्थिर रहेकोछ भने अन्यको बढेको छ । आइतबारदेखि अमेरिकी डलरको भाउ स्थिर छ । आइतबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ र बिक्री दर १३१.९० रुपैयाँ थियो । मंगलबार पनि यसको विनिमय दर उतिनै छ ।

युरोपियन युरोको विनिमय दर भने बढेको छ । सोमबार १ युरोको खरिद दर १४४.६४ रुपैयाँ र बिक्री दर १४५.३० रुपैयाँ थियो । आज यसको खरिद दर १४४.८९ रुपैयाँ र बिक्री दर १४५.५५ रुपैयाँ कायम छ ।

आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ । सोमबार १ पाउण्ड खरिददर १६८.७४ र बिक्रीदर १६९.५१ रुपैयाँ थियो । मंगलबार यसको खरिददर १६८.८९ र बिक्रीदर १६९.६६ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स