हिमालयन लघुवित्तको खुद नाफा घट्यो, ईपीएस कति ?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.५० प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै लघुवित्तको इम्पेरमेन्ट चार्ज बढेपछि खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी ९.०९ प्रतिशत बढेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ७९.०४ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा १.४७ प्रतिशतबाट २.३७ प्रतिशत पुगेको छ । सो कर्जा बढ्दा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड ३२ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६० लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर वितरण योग्य मुनाफा १ रुपैयाँ ९१ पैसा रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २० रुपैयाँ १ पैसा घटेर ४ रुपैयाँ ८१ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ८५ पैसा रहेको छ ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी १९.३१ प्रतिशत बढेको छ भने कर्जा लगानी १५.०८ प्रतिशत बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स