व्यवसायसँगै फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा २३.३९ प्रतिशतले घट्यो

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.३९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

व्यवसायसँगै लघुवित्तको खुद फि तथा कमिशन आम्दानी घटेपछि खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशत बढेको छ । खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटेको छ ।

लघुवित्तको कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २३.४२ प्रतिशत घटेको छ । समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा शून्यबाट ०.६६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज ११ करोड ६५ लाख रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरण योग्य मुनाफा १५ रुपैयाँ ४४ पैसा रहेको छ ।

नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ९ रुपैयाँ ४९ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ८६ पैसा रहेको छ ।

१ अर्ब १४ करोड ७७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ४३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तको सापटी २१.०७ प्रतिशत घटेको छ भने कर्जा लगानी २६.३३ प्रतिशत घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स