अमेरिकी डलरको मूल्य स्थिर रहँदा अन्यको के भयो ?

काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबारका अमेरिकी डलरका साथै अन्य विदेशी मुद्राको विनिमय दर तोकेको छ । आइतबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ र बिक्री दर १३१.९० रुपैयाँ थियो । सोमबार सोहि विनिमय दरलाई कायम गरेको छ ।

युरोपियन युरोको विनिमय दर भने बढेको छ । आज यसको खरिद दर १४४.६४ रुपैयाँ र बिक्री दर १४५.३० रुपैयाँ कायम छ । आइतबार १ युरोको खरिद दर १४४.०८ रुपैयाँ र बिक्री दर १४४.७४ रुपैयाँ थियो।

आज बेलायती पाउण्ड स्टर्लिङको भाउ पनि बढेको छ। आइतबार १ पाउण्ड खरिददर १६८.२९ र बिक्रीदर १६९.०६ रुपैयाँ थियो। सोमबार यसको खरिददर १६८.७४ र बिक्रीदर १६९.५१ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स