अमेरिकी डलरको मूल्यको बढ्दा अन्यको भाउ कस्तो ?

काठमाडौं । आज अमेरिकी डलरको मूल्य केहि बढेको छ । अन्य विदेशी मुद्राको विनिमय दरमा थोरै घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले शनिबार एक अमेरिकी डलरको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ तोकेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिद दर १३०.८० रुपैयाँ र बिक्री दर १३१.४० रुपैयाँ कायम भएको थियो।

१ युरोपियन युरोको खरिद दर १४४.०८ रुपैयाँ र बिक्री दर १४४.७४ रुपैयाँ रहेको छ । शुक्रबार १ युरोको खरिददर १४५.७० रुपैयाँ र बिक्री दर १४६.३७ रुपैयाँ थियो ।

आज बेलायती पाउण्ड स्टर्लिड्डको मूल्य भने केही घटेको छ । शुक्रबार बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६९.६१ र बिक्रीदर १७०.३९ रुपैयाँ कायम भएको थियो । शनिबार यसको खरिददर १६८.२९ र बिक्रीदर १६९.०६ रुपैयाँ कायम छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स