आइएमई पेमा आयो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’

काठमाडौं । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा २०० रूपैयाँ क्यासब्याक पाउने छन् ।

यो अफर साउन ७ देखि साउन २६ सम्म चल्ने छ ।

उक्त छुट सेवाग्राहीले आइएमई पेमा भएका सम्पूर्ण आन्तरिक एयरलाइन्सको टिकटमा प्राप्त गर्ने छन् । सो अफर अवधि भित्रमा एयरलाइन्सको टिकट काट्नु हुने सेवाग्राहीले साबिकमा चलिरहेको क्यासब्याक तथा प्रोमो कोडको प्रयोग गरी पाइने छुट सहित अहिलेको क्यासब्याक पनि पाउन सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स