श्रीराम सुगर मिल्सको सम्पत्तिः रिलायन्सले सकार्यो साढे ४३ करोडभन्दा बढीमा उपकरणमात्रै

काठमाडौं । रिलायन्स सुगर एन्ड केमिकल्स इन्डस्ट्रिज लिमिटेडले श्रीराम सुगर मिल्स लिमिटेडको उपकरण ४३ करोड ६० लाख रुपैयाँमा सकारेको छ । व्यवसायिक घराना गोल्छा अर्गनाइजेशन र विशाल ग्रूपको स्वामित्वमा रहेको श्रीराम सुगर मिल्सको मेसिनरी तथा उपकरण न्यूनतम मूल्य ३८ करोड ११ हजार ७५५ रुपैयाँ लिलामीमा राखेको थियो ।

श्रीरामका सञ्चालले बैंकबाट लिएको ऋण नतिरेपछि नेपाल बैंकले गत जेठ ३२ गते उद्योग सम्पत्ति लिलामी सूचना निकालेको थियो । हितेश गोल्छा र विशाल अग्रवाल सञ्चालक रहेको श्रीराम सुगर मिल्समा नेपाल बैक, अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सञ्चय कोष, हिमालयन बैक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १७ करोड रुपैयाँ ऋण लगानी गरेका थिए ।

गरुडा नगरपालिका वडा नम्बर ६ मा रहेको श्रीराम सुगरको मिलमेसिनरी बोलकबोलमार्फत ३५ दिनभित्र लिलाम बिक्री गर्ने गरी नेपाल बैंकले सूचना निकालेको थियो । सो मिति अनुसार यहि साउन ४ मा बोलपत्र पेस गर्न अन्ति दिन तोकेको थियो ।

बैंकले प्रस्ताव परेकामध्ये रिलायन्सले न्यूनतमभन्दा बढी प्रस्ताव पेस गरेको थियो । सोही अनुसार रिलायन्सले सो सम्पत्ति पाएको हो । यद्यपि पैसा भुक्तान भने हुन बाँकी रहेको बैंकले जनाएको छ ।

१७ करोड रुपैयाँ लोन लिएपनि अहिले मिल ब्याजसमेत जोड्दा अहिले २६ करोड रुपैयाँ पुगेको छ । उद्योगले बैंकहरूलाई २६ करोड रुपैयाँ ऋण तिर्न बाँकी थियो ।

२०४९ साउन १३ गते तत्कालीन गोल्छा अर्गनाइजेसनले स्थापना गरेको श्रीराम सुगर मिल्स २०७७ साउन १२ देखि पूर्णरूपमा बन्द थियो । उद्योग लगातार नोक्सानमा गएपछि गोल्छा समूहले श्रीराम सुगर बन्द गराएको हो। उद्योग बन्द हुँदा २ अर्ब १७ करोड ७५ लाख रुपैयाँ सञ्चित नोक्सान थियो ।

मिलमा सर्वसाधारणको ९ र बाँकी ९१ प्रतिशत संस्थापक लगानीकर्ता गोल्छा परिवारको सेयर छ । उद्योगको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा (नेप्से)मा सूचीकृत छ । कम्पनीको चुक्ता पुँजी ३० करोड ४५ लाख ९९ हजार रुपैयाँ छ । मिल बन्द भएपछि सर्वसाधारणको लगानी जोखिममा परेको छ । उद्योगको नाममा ८० बिघा जमिन छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स